२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भूपेन्द्र छनोट

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापा आइतबार पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन्।

आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ६३ केजी तौलसमूहमा भूपेन्द्रले भिपिपिकेआरका पवन गुरुङलाई हराएका हुन्।

त्यस्तै ५१ केजी तौलसमूहमा एचटुओका रविन थापा पहिलो भए। उनले फाइनलमा एपिएफका प्रदीप महर्जनलाई हराए भने ५७ केजी तौलसमूहको फाइनलमा एपिएफका पुरन राईले बक्समान्डुका सरोज महर्जनलाई पन्छाउँदै शीर्ष स्थान हात पारे।  

यता ७१ केजी तौलसमूहमा एपिएफका विकास लामा पहिलो भए। उनले फाइनलमा नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए।

पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दावा छिरिङ लामाबीच ६७ केजीको फाइनल प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा १३औं सागका स्वर्णधारी सनिलले भाइवरका विकास रानामगर तथा दावाले एपिएफका सुमन कार्कीलाई पराजित गरे।

प्रकाशित: ४ आश्विन २०७८ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App