१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

घरेलु टोलीको लक्ष्य उपाधि

घरेलु टोली स्पोर्टस् क्यास टिम । तस्बिर : उमेश पुन/नागरिक

पोखरामा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय–'ए’ डिभिजन फुटसल लिगमा घरेलु टोलीले उपाधि लक्ष्य राखेको छ। घरेलु टोली स्पोर्टस् क्यासलले आफ्नो लक्ष्य उपाधि रहेको जनाएको हो।

राष्ट्रिय–'ए’ डिभिजन फुटसल लिग खेल्न लागेको स्पोर्टस् क्यासलका खेलाडीलाई प्रायोजनकर्ता फुडिक्टेड पोखरा र होटल लेक प्याराडाइजले विहीबार पोखरामा खेलाडीहरुलाई स्वागत गर्न राखेको कार्यक्रममा बोल्दै स्पोर्टस् क्यासलका प्रमुख प्रशिक्षक विष्ण गुरुङले आफूहरुको लक्ष्य उपाधि जित्ने रहेको बताए। 'हामी उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने छौं’, उनले भने।

फुटसलको राष्ट्रिय टिमको प्रशिक्षक नै आफूहरुको टिमको प्रशिक्षक भएकाले आफूहरु प्रतियोगिताको उपाधि जित्नेमा ढुक्क रहेको टिम म्यानेजर ओम गुरुङले बताए। त्यसका अलावा राष्ट्रिय टिमका ३ जना खेलाडीसमेत रहेकाले आफूहरु बलियो रहेको उनको भनाई छ। उनका अनुसार स्पोर्टस् क्यासलमा रहेका बिजय गुरुङ, विनोद गुरुङ र सुरज गुरुङ राष्ट्रिय फुटसल टिमका प्रमुख खेलाडी हुन्। 

त्यस्तै ३ महिनादेखिको निरन्तर प्रशिक्षण, युवा खेलाडीको बाहुल्यता जितको प्रमुख आधार हो,उनले भने, 'टिम गेम खेल्ने हाम्रो टिम फिजिकल्ली, टेक्निकल्ली र ट्याक्टिकल्लीपनि बलियो छ, दर्शकको सपोर्टमा उच्च मनोवलका साथ मैदानमा खेल्न पाउनुले नै हाम्रो जित सुनिश्चित गरेको छ।’

घरेलु टोली स्पोर्टस क्यासलको टिममा राष्ट्रिय खेलाडीहरु बिजय गुरुङ, विनोद गुरुङ, सुरज गुरुङसहित टिम क्याप्टेन क्षितिज गुरुङ तथा दीपेश घले, उज्वल शाही, सुमित श्रेष्ठ, विश्वास पौडेल, सुदीप सुनार, खिमराज गुरुङ, अञ्जन देवकोटा, भीषण गुरुङ, रोसन छन्त्याल, योगेश गुरुङ, किशोर गुरुङ, फोनस कार्की र अनिश तामाङ रहेका छन्। टिमको म्यानेजरमा ओम गुरुङ छन् भने प्रमुख प्रशिक्षकमा विष्णु गुरुङ र सहायक प्रशिक्षकमा अरबिन गुरुङ तथा फिजियोमा नितेश बराल रहेका छन्।

स्वागत कार्यक्रममा बोल्दै नेकपा एमालेका युवा नेता तथा गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभई राष्ट्रको पहिचानसमेत भएको बताए। उनले खेल खेलेरै जिविकोपार्जन हुनसक्ने आधार बन्दै गएको भन्दै यसलाई अझ प्राथमिकतामा राज्यले राख्नुपर्ने बताए। साथै उनले घरेलु टोलीलाई जितको शुभकामना पनि दिए।

प्रकाशित: ३१ भाद्र २०७८ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App