१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन छलफल

छलफलपछि नेपाल पर्वतीय खेलकुद महासंघ, गण्डकी प्रदेश पर्यटन मन्त्रालयका पदाधिकारी । तस्बिर नागरिक

उपल्लो मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन प्रारम्भिक छलफल शुरु गरिएको छ । पर्वतीय खेलकुद महासंघको सक्रियतामा मुस्ताङको उपल्लो क्षेत्रमा अल्ट्रारनिङ, साईक्लिङ, रकक्लाईम्बिङ, मोटर स्पोर्टस, बिचगेम, गल्फ–मिनिगल्फ, ओरियन्टेरिङ, घोडादौड, र्आचरी, बोटिङ, ¥याफ्टिङ, दुवाथोलन–ट्रायथोलन र स्केटिङ तथा स्नोबोर्डिङ जस्ता साहसिक खेल खेलाउन सकिने औल्याउँदै साहसिक पर्यटनको हब बनाउनुपर्ने सुझाव पेश गरेको छ ।  

छलफलकै क्रममा पहिलो चरणमा गल्फ क्लब स्थापना गर्ने गरी योजना अघि बढाइएको छ । ‘नेचर, एडभेन्चर र कल्चरको अलौकिक अकल्पनीय जिल्ला हो मुस्ताङ,’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने, ‘मुस्ताङ, आफैंमा समग्र साहसिक खेलको आयोजना गर्न सकिने विश्वकै उत्कृष्ठ ठाँउ हो ।’ उनले अल्पाईन र वाटर स्पोर्टस अबको स्पोर्टसका विकल्प हुन् । समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाईको लोमान्थाङस्थित कोवालिङको फाँटमा गल्फ कोर्ष बनाउन सकिने छ ।  

छलफलमा गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव महेश्वर ढकालले पर्यटन प्रवद्र्धन र साहसिक खेलको नाममा सांस्कृतिक र प्राकृतिक अद्वितीय सम्पदामा ठाँउमा हानी नोक्सानी नहुने गरी गर्नुपर्नेमा जोड दिए । ‘थला परेको पर्यटनलाई उकास्न खेललाई जोड्नुपर्छ,’ उनले भने, ‘तर पर्यटन उकास्न खेललाई जोड्दा साँस्कृतिक र प्राकृतिक सम्पदा माथि आउँ आउनु हुदैन् । त्यसमा कम्प्रोमाईज हुदैन् ।’ 

नेपाल आर्चरी संघका बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले मुस्ताङलाई साहसिकसँगै आर्चरी खेल बढी उपयुक्त हुने बताए । उनका अनुसार मुस्ताङमा परम्परागत आर्चरीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘आर्चरी विशेष गरी परम्परागत, आधुनिक र हन्टिङ हुन्छन् । मुस्ताङमा परम्परागत आर्चरी छ,’ उनले भने, ‘आधुनिक पनि नभएको होईन् तर परम्परागत आर्चरीलाई जगाउनुपर्छ, बचाउनुपर्छ ।’  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख राजकुमार गुरुङले खेल पर्यटन हिमाली क्षेत्रको लागि नयाँ अवधारणा भएको उल्लेख गर्दै साँस्कृतिकलाई समेत समावेश गरी लैजानुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले डेढवर्षदेखि पर्यटन शून्यमै रहेको उल्लेख गर्दै निश्चित खेलहरु रोजेर लगानी गर्नुपर्नेमा खाँचो औल्याए ।  

पर्वतीय खेलकुद महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष लक्की कार्कीले हिमाली क्षेत्र आफैंमा साहसिक भएको उल्लेख गर्दै साँस्कृतिकलाई जगेर्ना गर्ने खेललाई प्रवद्र्धन गर्नुपर्ने बताईन् । ‘जहाँको साँस्कृतिक मौलकिता झल्कने खेल छ त्यसलाई प्रवद्र्धन गर्नुपर्छ,’ उनको भनाई थियो । गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले स्पोर्टस कल्चर भएमा मात्रै खेलकुदको विकास हुने स्पष्ट पारे । ‘हामीले अन्तराष्ट्रिय क्षेत्रमा पदकको आशा गरिरहँदा त्यसको लागि स्पोर्टस कल्चर हुनैपर्छ,’ उनको भनाई थियो ।  

छलफलकै क्रममा गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टले लोमान्थाङको लोवाथाङको फाँटमा गल्फकोर्ष बनाउन सकिने प्रारम्भिक योजना अनुुसार छलफल गरिएको बताए । उनले विश्वकै उचाईमा गल्फ कोर्ष बन्ने भन्दै साहसिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास व्यक्त गरे । लोवाथाङमा ९ होलको कोर्ष बनाउन सकिने उनले बताए । नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङ(भुवन)ले ९ होलको कोर्ष बनाउन थोरै गरेपनि ८÷१० लाख रुपैयाँ खर्च हुने जानकारी दिए । 

प्रकाशित: १२ भाद्र २०७८ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App