२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्वन्द्वी आयोजक

१३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ।  

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार जारी गरेको १३औं संस्करणको तालिकाअनुसार नेपालले पहिलो खेल आयोजकसँग खेल्ने भएको हो। ५ देशले सहभागिता जनाउने निश्चित भएपछि जारी गरेको तालिकाअन्तर्गत नेपालले उद्घाटन खेलमा आयोजक माल्दिभ्सलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ। 

विश्वभर फैलिएको कोरोना (कोभिड–१९) को महामारीका कारण वर्ष दिन पछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता निश्चित भएको हो। यो संस्करणमा भुटान र पाकिस्तान भने सहभागी हुने छैनन्। यसअघि भुटानले सहभागिता जनाउन सक्ने संकेत दिएको थियो तर अन्तिम समयमा कोरोनाका कारण सहभागिता नजनाउने भएपछि भुटानसँगै फिफाबाट निलम्बनमा परेको पाकिस्तान पनि प्रतियोगिताबाट बाहिर रहेको हो।  

पाँच राष्ट्रको सहभागिता रहने प्रतियोगिता असोज १५ देखि २७ गतेसम्म आयोजना हुँदै छ। बुधबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। यस्तै नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते, तेस्रो खेल भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेल बंगलादेशसँग असोज २५ गते खेल्ने तालिका छ।  

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज २७ गते प्रतिस्पर्धा गर्नेछन्। साफ च्याम्पियनसिपका लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा पोखरा रंगशालामा तयारीलाई तीब्रता दिइरहेको छ। प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अल्मुताइरीले पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेका छन्। 

प्रकाशित: ३ भाद्र २०७८ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App