१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

न राष्ट्रिय झन्डा न राष्ट्रिय गान

ताइवानकी को सिङ चौनले मंगलबार टोकियो ओलम्पिक २०२० मा भरोत्तोलनतर्फ महिला ५९ केजी तौलसमूहमा स्वर्ण जितिन्। तर जब उनी पदक ग्रहण गर्न पोडियममा उपस्थित भइन्, उनको सफलता अपूरो झैं रह्योे, न त उनको राष्ट्रको झन्डा नै फहराइयो न त राष्ट्रिय गान नै बज्यो।

ताइवानले ओलम्पिक खेलमा आफूले आफंैलाई ताइवान भन्न सक्दैन। त्यसको साटो उनीहरूले ‘चाइनिज ताइपेई’ को नाममा खेल्नुपर्ने बाध्यता छ। यही बाध्यताका कारण सफलता हात पारे पनि खेलाडीहरू निराश बन्न पुग्छन्।

स्वतन्त्र राष्ट्र नभएका कारण ताइवान ओलम्पिकमा आफ्नो राष्ट्रको नाममा खेल्न वञ्चित हुँदै आएको छ। २३ मिलयन जनसंख्या भएको, आफ्नै सरकार, सीमा र मुद्रा प्रयोग गर्दै आए पनि ताइवानको स्वतन्त्र राष्ट्रको हैसियत अझैसम्म स्पष्ट छैन।

सन् १९४९ मा चीनमा गृहयुद्धका अन्त्य भए पनि अहिले पनि चीन सरकारले ताइवानलाई आफ्नो एउटा प्रान्तको रूपमा व्याख्या गर्दै आएको छ। चीनले विश्व समुदायबाट ताइपेईलाई समेत गुमराहमा राख्दै आएको छ। उनीहरू ताइवान भन्ने शब्द समेत सुन्न चाहँदैनन्।

सन् १९९१ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आइओसी०को सहमतिमा ताइपेई भन्ने नामकरण गरिएको थियो। सो सहमतिअनुसार ताइवान स्वतन्त्र राष्ट्रका रूपमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएको हो।

रातो र नीलो मिसिएको आफ्नो राष्ट्रको झन्डाको सट्टा ताइवानका खेलाडीहरू ओलम्पिक रिङ अंकित सेतो झन्डामुनि प्रतिस्पर्धा गर्न बाध्य छन्। ताइवानका खेलाडीले स्वर्ण पदक जित्दा राष्ट्रिय गानको सट्टा त्यहाँको परम्परागत गीत बजाइने गरिन्छ।  

आलोचकहरूले भने यो कदमलाई आइओसी चीनको दबाबमा रहेको स्पष्ट संकेत भएको दाबी गर्दै आएका छन्। सन् १९५२ को ओलम्पिक सदस्यताका लागि चीन र ताइवान दुवैलाई आमन्त्रण गरिएको थियो। दुवै राष्ट्रका सरकारले चीनकै नाममा सदस्यता पाउनुपर्ने दाबी गरे पनि अन्ततः ताइवान पछि हटेको थियो।

त्यसको ४ वर्षपछि ताइवानले ‘फोरमोस चाइना’अर्थात् सुन्दर चीनको नाममा ओलम्पिक सदस्यता लियो। चीनले सो प्रतियोगिताबाट नाम फिर्ता लियो। त्यसको दुई वर्षपछि चीनले आइओसीको सदस्यता नै त्याग गरेको थियो।

सन् १९६० मा आइओसीले ताइवानकै नाममा प्रतिस्पर्धा गर्न निर्देशन दिएको थियो। तर ताइवान सरकारले सो नाममा चित्त बुझाएन र गणतन्त्र चीनको नाममा प्रतिस्पर्धा गर्नुपर्ने माग गरेको थियो। ताइवानले सन् १९६० र सन् १९६२ को ओलम्पिक ताइवानकै नाममा खेल्यो। ताइवानले सन् १९७२ मा अन्तिम पटक गणतन्त्र चीनको नाममा प्रतिस्पर्धा गरेको थियो।

सन् १९७६ को ओलम्पिकमा आयोजक क्यानाडाले ताइवानलाई गणतन्त्र चीनको नाममा नभई ताइवानकै नाममा प्रतिस्पर्धा गर्न भनेपछि उनीहरूले प्रतियोगिता नै बहिष्कार गरेका थिए। सन् १९७९ मा आइओसीले ताइवानको सदस्यता नै निलम्बनमा राखेको थियो। त्यसयता उनीहरूले स्वतन्त्र राष्ट्रको रूपमा ओलम्पिकमा सहभागिता जनाउन पाइरहेका छैनन्। आइओसीले ताइवानलाई त्यसको दुई वर्षपछि चाइनिज ताइपेईको नाममा प्रतिस्पर्धा गर्न अनुमति दिएको थियो।

प्रकाशित: १३ श्रावण २०७८ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App