१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युरो कप: उच्च मनोबलको फाइदामा स्विट्जरल्यान्ड

युरो कप २०२० अन्तर्गत शुक्रबारबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै छन्। शुक्रबार हुने क्वार्टरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटाली आमनेसामने हुँदै छन्।

स्पेनविरुद्ध स्विट्जरल्यान्ड  

पहिलो क्वार्टरफाइनलमा स्पेनको सामना गर्दा स्विट्जरल्यान्ड प्री क्वार्टरफाइनलमा विश्वविजेता फ्रान्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनको निरन्तरता चाहन्छ। अन्तिम १६ भिडन्तमा फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले ३–१ को स्थिति उल्ट्याउँदै निर्धारित समयको खेलमा ३–३ को बराबरी गरेको थियो। 

जहाँ किलियन एम्बाप्पे पेनाल्टीमा चुकेसँगै स्विट्जरल्यान्डले फ्रान्सको चुनौती पेनाल्टी सुटआउटमा ५–४ ले पन्छाउँदै क्वार्टरफाइनलको यात्रा पक्का गरेको थियो। विश्वविजेतालाई हराएसँगै स्विट्जरल्यान्ड उच्च मनोबलका साथ स्पेनविरुद्ध मैदान उत्रनेछ। सन् १९३८ को विश्वकपपछि स्विट्जरल्यान्डले प्रमुख प्रतियोगिताको नकआउट चरणमा हात पारेको यो नै पहिलो जित थियो।

‘फ्रान्सविरुद्धको जितले टोलीको मनोबल बढेको छ,’ स्विट्जरल्यान्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिचले भने, ‘त्यस्तै प्रदर्शन स्पेनविरुद्ध दोहोर्‍याएमा वेम्बलीमा हुने सेमिफाइनलबाट हामी टाढा छैनाैट।’ यता समूहचरणका सुरुआती दुई खेलमा स्वाभाविक लयअनुसारको प्रदर्शन गर्न नसकेको स्पेनले समूहचरणको अन्तिम खेल र अन्तिम १६ मा आफूलाई प्रमाणित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। यस क्रममा स्पेनले क्रोएसियाको चुनौती ५–३ ले पन्छाएको थियो। 

३–१ को अग्रता जोगाउन नसकेको स्पेनले अन्ततः अतिरिक्त समयमा २ गोल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। स्पेन र स्विट्जरल्यान्ड मुख्य प्रतियोगितामा पछिल्लो पटक सन् २०१० को विश्वकपमा आमनेसामने भएका थिए। सो खेलमा स्विट्जरल्यान्डले समूहचरणको पहिलो खेलमा स्पेनलाई १–० ले हराएको थियो । यद्यपि सन् २०१० को विश्वकप स्पेनले आफ्नो पोल्टामा पारेको थियो। सन् २०२० मा नेसन्स कपमा भएको दुई भेटमा एक खेल स्पेनले १–० ले जितेको थियो भने एक खेल १–१ को बराबरीमा सकिएको थियो। 

‘पछिल्लो दुई खेलमा टोलीले स्वाभाविक लय भेट्टाएको छ,’ स्पेनका प्रशिक्षक लुइस इनरिकेले भने, ‘स्विट्जरल्यान्डविरुद्ध हामी त्यस्तै प्रदर्शनको निरन्तताका साथ अघिल्लो चरण प्रवेश गर्न चाहन्छौं। फ्रान्सविरुद्धको जितले स्विस टोली हौसिएको छ। उनीहरूको चुनौती रोक्नु हाम्रा लागि सहज भने पक्कै छैन।’

बेल्जियमविरुद्ध इटाली  

शुक्रबार इटाली र बेल्जियमको भेट युरो कप २०२० को उपाधि दाबेदारबीचको महाभिडन्त हुनेछ। थोर्गान हाजार्डको गोलमा बेल्जियमले युरो कपको साबिकको विजेता पोर्चुगललाई स्तब्ध पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। शुक्रबार म्युनिखमा इटालीको सामना गर्दा बेल्जियम टोलीमा चोटका कारण इडेन हाजार्ड र केभिन डी ब्रुएना टोलीमा हुनेमा दुबिधा छ। 

जुन टोलीका लागि महँगो पर्न सक्छ। बेल्जियमले समूहचरणका तीन र अन्तिम १६ को एक गरी जारी युरो कप २०२० को ४ खेलमा क्लिनसिट राख्न सफल भएको छ। ‘खेलको पहिलो सेकेन्डबाटै इटालीले आक्रामक फुटबल खेल्नेमा शंका छैन,’ बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने, ‘सबै खेलाडीलाई आआफ्नो जिम्मेवारी थाहा छ।

प्रकाशित: १८ असार २०७८ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App