coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अवे खेलमा सचेत रहन टोलीलाई आग्रह

इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले जर्मनीविरुद्ध ऐतिहासिक जित हात पारे पनि शनिबार हुने क्वार्टरफाइनलका लागि सचेत रहन आग्रह गरेका छन्।

सन् १९६६ यता प्रमुख प्रतियोगिताको नकआउट चरणमा मंगलबार इङ्ल्यान्ड र जर्मनीबीचको पाँचाैँ भेट भयो। जहाँ घरेलु मैदान वेम्बलीमा उपस्थित ४० हजार समर्थकमाझ इङ्ल्यान्डले जर्मनीको नकआउट चरणको हार शृंखलामा पूर्णविराम लगाएको थियो। जर्मनीलाई हराएको इङ्ल्यान्डले शनिबार रोममा हुने क्वार्टरफाइनलमा युक्रेनको सामना गर्नेछ। इङ्ल्यान्डले समूह ‘डी’ अन्तर्गत समूहचरणका तीनवटै खेल र जर्मनीविरुद्धको अन्तिम १६ गरी चार खेल घरेलु मैदान वेम्बलीमा खेलेको थियो। युक्रेनविरुद्ध रोममा हुने क्वार्टरफाइनल भेट इङ्ल्यान्डका लागि जारी युरो कप २०२० को पहिलो अवे  खेलसमेत हो।  

‘मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन तर जर्मनीविरुद्धको जितपछि ड्रेसिङ रुममा पुग्नासाथ इङ्ल्यान्डका खेलाडी शनिबार रोममा युक्रेनविरुद्धको खेलका बारेमा कुरा गर्न थालिसके,’ साउथगेटले भने, ‘आज हामीले सुदृढ प्रदर्शन गर्‍यौ । हामीसँग युक्रेनविरुद्धको भेटअघि पर्याप्त आरामको समय छैन। त्यसैले अहिलेको पहिलो प्राथमिकता भनेको शारीरिकका साथै मानसिक थकानबाट मुक्त हुनु हो। हामी वेम्बलीमै हुने सेमिफाइनल र फाइनलमा समेत सफलता हात पार्न चाहन्छाैँ, त्यसका लागि रोममा युक्रेनको चुनौती पन्छाउनु छ। जुन कठिनसमेत छ।’  

‘जर्मनीविरुद्धको जितले घरेलु समर्थक खुसी छन्। जर्मनीविरुद्धको जितलाई सधैं यादगार बनाउन हामीले युरो कप २०२० को उपाधि जित्नुपर्छ,’ साउथगेटले थपे, ‘त्यसका लागि हामी जुनसुकै चुनौतीको सामना गर्न तयार छाैँ। जर्मनीविरुद्धको ऐतिहासिक जितले टोली हौसिएको छ। तर, टोलीले आफ्नो धरातल भुलेको छैन। हाम्रो सफलताको श्रेय घरेलु समर्थकको साथ हो। उनीहरूको उपस्थितिले टोलीमा विशेष ऊर्जा प्रदान गरेको छ।’

प्रकाशित: १७ असार २०७८ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App