१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

म अहिले ठीक छु: एरिक्सन

युरो कप २०२० को पहिलो खेलमा अचेत भई अचानक मैदानमा ढलेका डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सनले आफू ठीक रहेको मंगलबार बताएका छन्।

अस्पतालबाट उनले मंगलबार सामाजिक सन्जालमार्पmत आफू अहिले ठीक रहेको बताएका हुन्। ‘म अहिले ठीक छु। अस्पतालमा केही परीक्षणहरू पार गर्नुपर्ने भएता पनि मैले राम्रो महसुस गरिरहेको छु,’ बेडमा सुतेर सांकेतिक रूपमा आफू ठीक रहेको फोटो पोस्ट गर्दै एरिक्सनले लेखेका छन्। 

युरो कपअन्तर्गत शनिबार फिनल्यान्डविरुद्ध ४२औं मिनेटको खेल चलिरहँदा डेनमार्कका २९ वर्षे मिडफिल्डर एरिक्सन हृदयाघातका कारण मैदानमा ढलेका थिए। मैदानमै १५ मिनेटको प्राथमिक उपचारपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।  

त्यस बेलासम्म रेफ्रीले खेल स्थगन गरेका थिए। उक्त घटनाले विश्व खेलकुद नै चकित र दुखित बनेको थियो। उनलाई कार्डिक अट्याक भएको थियो। ‘विश्वभरबाट प्राप्त भएको आत्मीयतापूर्वक सन्देश र अभिवादनप्रति धन्यवाद दिन चाहन्छु। म र मेरो परिवारका लागि यो माया ठूलो रहनेछ,’ एरिक्सनले भने, ‘डेनमार्कको आगामी खेलमा उत्साह प्रदान गर्न सक्नेछु।’ 

प्रकाशित: २ असार २०७८ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App