१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

ट्रायथोलनको अनलाइन कोर्स

नेपाल ट्रायथोलन संघले आफ्ना प्रशिक्षकलाई प्राविधिक पक्षबारे जानकारी दिन मंगलबारदेखि अनलाइन कोर्स प्रदान गरेको छ।  

संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले फिजियोलोजी अफ ट्रायथोलन ट्रेनिङ युथ एन्ड जुनियर विषयको कोर्स प्रदान गरिरहेका हुन्। ट्रायथोलनको प्राविधिक पक्षलाई समेटेर कोर्स सञ्चालन गरिएको छ। करिब पाँच हप्तासम्म सञ्चालन हुने कोर्समा ट्रायथोलनका १५ प्रशिक्षकलाई प्राविधिक पक्षको ज्ञान प्रदान गरिनेछ। कोर्समा शारीरिक परिपक्वता, युवा खेलाडीहरूको शारीरिक विशेषता, प्रशिक्षण क्षमताको संवेदनशील अवधि, एरोबिक सहनशक्ति, शक्ति सहनशीलता, गति विकास र रेस विशेषका विषयमा अध्यापन गराइने संघले जनाएको छ।  

विश्व ट्रायथोलन संघले हालै सञ्चालन गरेको फिजियोलोजी अफ ट्रायथोलन ट्रेनिङ युथ एन्ड जुनियर विषयमा ६ हप्ते कोर्समा सहभागी महासचिव एवं प्रमुख प्रशिक्षकले आफूले प्राप्त ज्ञान नेपाली प्रशिक्षकहरूलाई प्रदान गर्न लागेका हुन्। कोभिड–१९ का कारण घरमै बस्न बाध्य प्रशिक्षकलाई सक्रिय जीवनमा ल्याउने र समयको सदुपयोग गर्ने उद्देश्यले यो कोर्स प्रदान गर्न लागिएको हो। युवा र जुनियर खेलाडीहरूको विभिन्न क्षमतालाई कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा यस कोर्सबाट ज्ञान प्राप्त गर्न सहज हुने र ट्रायथोलन खेलको विकासमा पनि मद्दत पुग्ने विश्वास महासचिवले व्यक्त गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७८ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App