१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराट गोल्डकपः लिग च्यापियन मच्छिन्द्रलाई हराउँदै अन्तिम चारमा पंजाब पुलिस

भारतको पंजाब पुलिस क्लबले आफ्नो स्थान अन्तिममा सुरक्षित पारेको छ । विराटनगरमा जारी छैटौं विराट गोल्डकप फुटबल प्रतियोगितामा पंजाब पुलिसले काठमाडौंको मच्छिन्द्र क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।  

सहिद रंगशालामा आइतबार राति भएको खेलमा ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई २–० गोलमा पराजित गर्दै पंजाबले सेमिफाइनलको यात्रा तय गरेको हो । निकै कडा प्रतिस्पर्धा रहेको खेलमा मच्छिन्द्रले पाएको गोलका केही राम्रो अवसर चुकाउँदा हार्नु परेको छ भने पंजाबले पाएका अवसरलाई सदुपयोग गरे ।  

खेलको २० औं मिनेटमा मच्छिन्द्रका उमेश राईले डिबक्सभित्रबाट दुई पटक गरेको कडा प्रहारलाई गोलरक्षक सतवीर सिंहले विफल पारे । २२ औं मिनेटमा पंजावका राजवीर सिंहले पेलान्टी ऐरियामा पाएको बललाई टच गर्न नसक्दा गोल गर्न चुके । राजवीर सिंहले ३९ औं मिनेटमा गोल गरे । जगदीप सिंहले डिबक्सभित्र मिलाई दिएको पासमा राजवीरले वान टचमै गोल गरे ।  

खेलको ५४ औं मिनेटमा मच्छिन्द्रका निशान लिम्बूले डिबक्सभित्र गरेको प्रहार पोष्ट बाहिर प्रहार गरे । मध्यान्तरपछि तरणजीत सिंहको स्थानमा मैदान आएका महावीर सिंहले ८५ औं मिनेटमा डिबक्सभित्रबाट गरेको कडा प्रहारमा मच्छिन्द्रका गोलरक्षक विनय श्रेष्ठ बचाउ नसक्दा गोल संख्या थपियो ।

पंजाबका प्रशिक्षक हरनेक सिंहले नेपालको लिग च्याम्पियनलाई पराजित गर्न सक्दा धेरै नै खुसी लागेको बताए। उनले भने, 'खेलाडीले धेरै मेहेनत गरेका छन् । हाम्रो केही खेलाडी घाइते भएको हुँदा सेमिफाइनल खेल्न सक्ने आशा गरेका छौं ।' त्यसैगरी मच्छिन्द्रका प्रशिक्षक प्रवेश कट्वालले टोलीका राम्रा खेलाडीलाई नेशनल सुपर लिगका कारण क्लबहरूले नछाडिदिँदा मैदानमा उतार्न नसक्दा हारको पीडा भोग्नु परेको बताए।  

२०७२ सालको विजेता भएको नेपाल पुलिस क्लब र २०७० सालको उपविजेता सशस्त्र प्रहरी बलको (एपिएफ)बीच सोमबार (आज) खेल हुँदैछ ।

प्रकाशित: ३० चैत्र २०७७ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App