coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विराट गोल्डकपः उद्घाटन खेलमा विराटनगर विजयी

पाहुना टोलीलाई पन्छाउँदै विराटनगर महानगरपालिका ११ को टोलीले विजयी सुरुवात गरेको छ । बिहीबार राति विराटनगरको सहिद रंगशालमा भएको विराट गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा विराटनगरले विजयी सुरुवात गरेको हो । विराटनगरले पाहुना टोली भारत सिक्किमको सिक्किम युनाइटेड फुटबल क्लबलाई २–१ गोलअन्तरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।  

निकै प्रतिस्पर्धात्मक रहेको खेलका लागि विराटनगरका लागि प्रकाश बुढाथोकीले २ गोल गरेका थिए भने सिक्किमका लागि एक मात्र सान्त्वना गोल साङ्गे छोपेन भुटियाले गरे ।    

खेलको ८ औं मिनेटमा ३० यार्डबाट प्रकाशले गरेको उत्कृष्ट प्रहार सिधै गोलमा परिणत भयो । प्रकाशको प्रहारलाई सिक्किका गोलरक्षक अभिजित रोयले रोक्न कुनै प्रतिक्रिया नै गर्न सकेनन् । १५ औं मिनेटमा सिक्किमका आशिष देवानले कर्नरबाट गरेको क्रस पासमा साङ्गे छोपेन भुटियाले गोल गर्दै खेल बराबरी पारे । विराटनगरका सुनिल खड्काको २० औं मिनेटमा वान भर्सेस वानको प्रहार सिक्किमका गोलरक्षकले विफल पारे । विराटनगरका भुवन बस्नेतले खेलको २४ औं मिनेटमा डिबक्स लाइनबाट गरेको प्रहार बाहिरयो ।  

४१ औं मिनेटमा विराटनगरका प्रकाशले मिलाई दिएको क्रसपासमा कप्तान दीपक राई ३० यार्ड नजिकबाट गरेको प्रहार बाहिरियो । ५३ औं मिनेटमा डिबक्सभित्र पाएको बललाई सदुपयोग गर्दै प्रकाशले विराटनगरका लागि थप गोल गरे । ६५ औं मिनेटका सिक्किमका सोनम भुटियाले डिबिक्स नजिकबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरियो । म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकीले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।  

विराटनगर प्रशिक्षक संजीव बुढाथोकीले खेलाडीहरूको मेहनतको कारणले सफलता हात पारेको बताए । उनले दोस्रो चरणमा रणनीति अपनाएर खेल खेल्ने बताए । ‘थुप्रै गोल गर्ने अवसरबाट खेलाडी चुके,’ बुढाथोकीले भने, ‘अर्को खेलमा नयाँ रणनीति अपनाउ नै छौं ।’ सिक्किमका प्रशिक्षक नाडम भुटियाले राम्रो खेल्दा खेल्दै पनि हार भयो । गोलका केही राम्रा अवसरको सदुपयोग गर्न नसक्दा हार्नु पर्‍यो ।  

विराट गोल्डकप ट्रष्टले पहिलो पटक मोफसलमा स्थायी फ्लड लाइटको संरचनामा रात्रीकालीन फुटबल खेल आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत शुक्रबारको भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: २७ चैत्र २०७७ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App