१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

अग्विरोलाई भुल्न सकिँदैन: ग्वार्डिओला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबका समर्थकले अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्विरोलाई भुल्न नसक्ने बताएका छन्। अग्विरोले मंगलबर मात्र यसै सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका थिए। ३२ वर्षे अग्विरो र सिटीबीचको सम्झौता यसै सिजनको अन्त्यसम्मका लागि मात्र थियो। दुवै पक्ष सम्झौता नवीकरण नगर्ने सहमतिमा पुगेका हुन्। सन् २०११ मा एट्लेटिको मड्रिडबाट सिटी भित्रिएका अग्विरोले क्लबका लागि ३ सय ८४ खेल खेल्दै २ सय ५७ गोल गरिसकेका छन्।

सन् २०१२ मा क्युपिआरविरुद्ध इन्जुरी समयमा अग्विरोले गरेको गोलमा सिटीले ४४ वर्षमा पहिलो पटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो। सिटीलाई शीर्ष क्लबको रूपमा उभ्याउन अग्विरोसँगै कोम्पनी र सिल्भाको महत्वपूर्ण भूमिका थियो। त्यसपछि सिटीले तीन पटक प्रिमियर लिग, एक पटक एफए कप र पाँच पटक इङ्लिस लिग कपको उपाधि  

जित्दा पनि अग्विरो टोलीका मुख्य खेलाडी थिए। ग्वार्डिओलाले कुनै दिन क्लबमा अग्विरोको नाममा रहेको खेलसंख्या र गोलकर्ताको कीर्तिमान तोडिन सक्ने भए पनि अग्विरोले क्लबको सफलतामा पुर्‍याएको योगदान भने भुल्न नसकिने बताए।

‘क्लबमा सर्जियो अग्विरोले पु¥याएको योगदान अतुलनीय छ,’ ग्वार्डिओलाले भने, ‘खेल संख्यामा अन्य खेलाडीले उनको कीर्तिमान तोड्न सक्छन्। तर क्लब बसाइका क्रममा उनले ३ सय ६० खेलमा गरेको २ सय ५० गोलको कीर्तिमान तोड्न त्यति सहज छैन। साथै उनले क्लब बसाइका क्रममा १० उपाधि जितेका छन्।

 उनी क्लबका सर्वकालीन खेलाडी हुन्। क्लब समर्थकका उनले छोडेको छाप कहिल्यै मेटिँदैन। ग्वार्डिओला सन् २०१६ मा सिटीको प्रशिक्षकमा नियुक्त भएका थिए। ‘मैले क्लब प्रशिक्षण सम्हाल्दा टोलीमा जो हार्ट, पाउलो जाबालेटा, भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाजस्ता स्टार खेलाडी थिए। उनीहरूमध्ये अग्विरो पनि एक थिए।

प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र लिग कप गरी एकै सिजन ४ प्रमुख उपाधि भित्र्याउने लक्ष्यमा रहेको सिटीका लागि चोटका कारण अग्विरोले धेरै खेल खेल्न पाएका छैनन्। यस सिजन उनले १४ खेल खेल्दै मात्र ३ गोल गरेका छन्। उनले १४ मध्ये ९ खेलमा मात्र पहिलो रोजाइमा स्थान बनाएका थिए।

प्रकाशित: १९ चैत्र २०७७ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App