११ माघ २०७८ मंगलबार
खेल

विराटनगर गिरिजाप्रसाद कोइराला फुटवलको अन्तिम चारमा

विराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  

मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा धनकुटा नगरपालिकालाइ ३–१ गोल अन्तरले पराजित गर्दै विराटनगर महानगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।  

विराटनगरको जितमा भुवन बस्नेत एक्लैले २ गोल गरे । उनले खेलको ७२ औं र ८८ औं मिनेटमा गोल गरेका थिए । अर्को एक गोल बिजय पोखरेलले खेलको ८३ औ मिनेटमा गरे । धनकुटाका लागि एक मात्र सान्तवना गोल दिपेन शाक्यले खेलको ७६ औं मिनेटमा गरे ।  खेलको म्यान अफ दि म्याच २ गोल गरेका बस्नेत नै घोषित भए ।  

विराटनगरले नगरपालिकाले अब सेमिफाइनलमा चैत १९ गते सुनसरीको धरान उपमहानगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बुधबार इनरुवा नगरपालिका र दमक नगरपालिकाबीच हुनेछ । प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले २ लाख उपविजेतालाई १ लाख पुरस्कार पाउने छन् ।

प्रकाशित: १७ चैत्र २०७७ २०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App