२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी: कबड्डी टोलीको बिदाइ

बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहीबार बिदाइ गरिएको छ। अखिल नेपाल कबड्डी संघकी अध्यक्ष सांसद तुलसा थापाले एक कार्यक्रमबीच नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरिन्। 

टोलीलाई बिदाइ गर्दै सांसद थापाले नेपाली खेलाडीले उच्च प्रदर्शनका साथ पदक हात पार्नेमा आफू विश्वस्त रहेको भन्दै खेलाडीलाई स्वागत गर्न र पदक हात पारेको खण्डमा नगद पुरस्कारले सम्मान गर्न आफू लालायित रहेको बताइन्। मार्च २८ देखि सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेशका २ टोली, पोल्यान्ड, केन्या र श्रीलङका गरी ६ टोलीको सहभागिता रहने नेपाली टोलीनेता संघका उपाध्यक्ष वीरेन्द्र यादवले जानकारी गराए।

यादवको नेतृत्वमा बंगलादेश जाने टोलीको प्रशिक्षकमा उमेशकुमार प्रधान र व्यवस्थापकमा विष्णुदत्त भट्ट रहेका छन्। यस्तै खेलाडीहरूमा लालमोहर यादव, प्रवीण खड्का, रन्जित गजमेर, रामु टमाटा, विनोद तामाङ, प्रदीप मिजार, कुमार लामा, कल्याण भुजेल, नागेश्वर थारू, बन्धु राना छन्। यस्तै निर्णायकमा हिमाल रञ्जित र पशुपति प्रजापति छन्। टोली बिहीबारै त्यस तर्फ प्रस्थान गर्‍यो।

प्रकाशित: १३ चैत्र २०७७ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App