२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

फुटबल संघको कार्यालय स्थापना

फुटबल संघको कार्यालय उद्घाटन गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा । तस्बिर सौजन्य : विनोद तिरुवा

दिक्तेलमा खोटाङ फुटबल संघको कार्यालय स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा फुटबल संघको कार्यालय खोलिएको हो । 

नगरपालिकाको कार्यालय सञ्चालन गरिएको पुरानो स्थानमा बुधबार अखिल नेपाल फुटवल संघ‐एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल संघको कार्यालय उद्घाटन गरेका छन् । जिल्ला फुटबल संघ स्थापना भएको चार वर्षपछि भाडाको कार्यालय स्थापना गरिएको हो । २०७३ सालमा स्थापना गरिएको फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आबद्ध छन् ।  

जिल्ला फुटबल संघकै पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थायी सदस्यता प्राप्त गरेको हो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।

प्रकाशित: ५ चैत्र २०७७ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App