coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग: बाहिरियो युभेन्ट्स

क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार १० खेलाडीमा सीमित पोर्टोसँग स्तब्ध हुँदै लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ। टुरिनमा मंगलबार भएको दोस्रो लेगमा पोर्चुगिच क्लब पोर्टोमाथि ३–२ को जितका बावजुद युभेन्ट्स अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो।

इन्जुरी समयमा सर्जियो ओलिभेइराको फ्रिकिक गोलबाट च्याम्पियन्स लिगको पूर्वविजेता पोर्टोलाई आगामी यात्रा तय गर्न पर्याप्त बन्यो। घरेलु मैदानमा भएको पहिलो लिगमा २–१ को जित निकालेको पोर्टोले समग्रमा ४–४ गोलको बराबरीका बावजुद युभेन्ट्सलाई अवे गोलमा पछि पार्‍यो।

दोस्रो लेगको १९औं मिनेटमा नै ओलिभेइराको पेनाल्टी गोलबाट पोर्टोले समग्रमा ३–१ को अग्रता लियो। यद्यपि, दोस्रो हाफमा फेडेरिको किजाको दुई गोलबाट युभेन्ट्स समग्रमा ३–३ को बराबरीमा फर्किएको थियो। ५४औं मिनेटमा स्ट्राइकर मेहदी तेरेमीले रातो कार्ड पाए पनि पोर्टोले युभेन्ट्सलाई रोक्न सफल भयो। निर्धारित समयमा बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो, जसमा पोर्टोले बाजी मार्‍यो।  

११५औं मिनेटमा ओलिभेइराले उत्कृष्ट फ्रिकिक गोलमार्फत पोर्टो जितनजिक पुगे पनि एड्रियन राबियोटको हेडरमार्फत युभेन्ट्स ४–४ गोलको बराबरीमा फर्कियो। यद्यपि, बाँकी समय थप गोल हुन नसक्दा अवे खेलमा दुई गोल गरेको पोर्टोले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो।

‘जब च्याम्पियन्स लिगको दुवै लेगमा लगातार गल्ती गर्छौं भने त्यसको परिणाम बहिर्गमन नै हुन्छ,’ युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले भने, ‘यो खराब स्वभावबाट माथि उठ्न हामीलाई केही समय लाग्नेछ। पक्कै पनि हामी छिट्टै लय समात्दै सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिनेछौं।’  

च्याम्पियन्स लिगको रेकर्ड गोलकर्ता रोनाल्डो र लयमा रहेका स्पेनिस स्टार अल्भारो मोराटासहितको युभेन्ट्सले निकै निरास नतिजा सामना गर्नुपर्‍यो। गत वर्ष पनि युभेन्ट्स च्याम्पियन्स लिगको १६ बाट लियोनसँग अवे गोलका आधारमा स्तब्ध हुँदै बाहिरिएको थियो।  यता पोर्टोका भेट्रान डिफेन्डर पेपेले समग्र टोलीकै मिहिनेतबाट नै आगामी चरणको यात्रा तय गरेको बताए।

पोर्टोका गोलकिपर अगस्टिन मार्चेसिनले पनि युभेन्ट्सका मोरोटालगायतका केही आक्रामण रोक्दै गर्दै आफ्नो टोलीलाई बराबरीको स्थितिमा जीवन्त राखेका थिए। खेल सकिन १२ मिनेट बाँकी छँदा रोनाल्डोले गोल गर्ने अवसर चुकाउँदा उनको च्याम्पियन्स लिगमा १ सय ३४ गोल बनाउने अवसर गुम्यो।

प्रकाशित: २७ फाल्गुन २०७७ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App