२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मेन्स डबल्समा रितिक र नबिनको जोडीलाइ उपाधी

चौंथो बुटवल खुल्ला लन टेनिस

बुटवलमा भइरहेको चौथौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स डबल्सतर्फको उपाधि रितिक राना र नबिन मगरको जोडीले जितेका छन । बुमन्स डबल्स तर्फ  अभिलाषा विष्ट र इरा रावतको जोडी  र श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडी फाइनलमा प्रवेश गरेको छ ।  

विष्ट र रावतको जोडीले नेपालको रेकिङका नम्बर वन खेलाडी प्रेरणा कोईराला र मायाङका राणाको जोडीलाई ६–३, ६–३ को सेटमा र श्रेष्ठा र प्रकृतिको जोडीले सलोनी तामाङ र आजा रेग्मीको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन । वुमन्स सिगलतर्फको सेमीफाईनलमा पे्ररणा कोइराला, सलोनी तामाङ, मायाङका राणा र अभिलाषा विष्ट पुगेका छन ।

मेन्स सिगलतर्फ प्रनव खनाल, रितिक राना, निशान श्रेष्ठ र सन्तोष खत्रीको जोडी सेमीफाईनलमा पुगेका छन । ३५ प्लस सिगलतर्फ सेमीफाईनलमा कमल भण्डारी, रामु बिक, राजन पौडेल र संजय प्रकाश श्रेष्ठ प्रवेश गरेका छन ।  

४५ प्लस सिगलतर्फ चन्द्र शाही, गोपी भट्टराई, धर्म लामिछाने र उत्तम बोगटी सेमीफाईनल प्रवेश गरेका छन । यसैगरि ३५ प्लस डबल्सतर्फ पहिलो सेमीफाईनल खेलमा कमल भण्डारी र राजिव श्रेष्ठको जोडीले हेमराज ढकाल र निमा लामाको जोडीलाई ६–३, ६–४ पराजित गर्दै फाईनल प्रवेश गरे । त्यस्तै लोक गुरुङ र राजन पौडेलको जोडीले बुटवलका अनिल सेन्चुरी र सन्जय प्रकाश श्रेष्ठको जोडीलाई ६–३, ६–१ सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरे ।

४५ प्लस डबल्समा गोपी भट्टराई र धर्म लामिछानेको जोडीले गोपाल ज्ञवाली र अर्जुन गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । आइतबार २६ वटा खेल सकिएको प्रमुख प्रशिक्षक कृष्णराज घलेले बताए । सोमबार चौथो  दिन विधागत खेलका फाईनल खेलहरु हुने घलेले जानकारी दिए ।

शुक्रबार देखि सुरु भएको प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र कुल ३ लाख ५० हजार रुपैया खर्च हुने खेल संयोजक तथा संघका सचिव गोपाल ज्ञवालीले बताए । चार दिनसम्म संचालन हुने प्रतियोगितामा १६ लाख खर्च हुने अनुमान आयोजकको छ ।

 

 

प्रकाशित: १६ फाल्गुन २०७७ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App