१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

पोखरामा मंगरबार सुरु भएको मुख्यमन्त्री कप भलिवल प्रतियोगिताको बागलुङ (रातो) र म्याग्दीबीचको उद्घाटन खेल । तस्बिरः उमेश पुन÷नागरिक

कास्कीले हारसँगै मुख्यमन्त्री कप भलिबल प्रतियोगिता मंगलबार पोखरामा शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा पुरुष तर्फ कास्की स्याङजासँग सोझो सेटमा पराजित हुन पुग्यो । भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा स्याङजाले कास्कीमाथि २५–१९, २५–१८ को सेटको नजिता निकाल्यो ।  

पुरुष तर्फ  नै तनहुँले मुस्ताङमाथि सहजै पराजित गर्यो । सोझो सेटमै पराजित गर्ने क्रममा तनहुँले मुस्ताङमाथि २५–१७, २५–९ को सेटले पन्छाएको थियो । पोखरामा कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगित शुरु भएको प्रतियोगितामा महिला तर्फको पहिलो प्रतिस्पर्धामा म्याग्दीले नवलपुरलाई २५–५, २५–१५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी स्याङजालाई भने पर्वतले सोझो सेटमा पराजित गर्ने क्रममा २५–१६, २५–२१ मा पराजित गरेको थियो । तनहँुले लमजुङमाथि २५–१४ र २५–६ को सेटमा पराजित गर्दै लिगचरणको खेलबाट अगाडि बढेको छ ।  

लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर छन् । गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्धेश्य गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट तथा प्रतिभावान खेलाडी उत्पादन गर्दै भलिबल खेलको क्रेज बढाउने उद्देश्य रहेको भलिबल संघका अध्यक्ष भीम पराजुलीले जनाए ।  

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २÷२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १÷१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५÷५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाईसमेत नगद ५÷५ हजारसहित ट्रफी र मेडल प्रदान छ । प्रतियोगिता अवलोकनका लागि टिकटको ब्यबस्था गरिने भएको छ । पहिलो चरण्का खेलहरुका लागि ५० रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगितालाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बाले उदघाटन गरेका थिए । 

प्रकाशित: ४ फाल्गुन २०७७ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App