८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

टाईगर कपको उपाधिका लागि गण्डकी र आर्मी भिड्ने

गण्डकी प्रदेश र शसस्त्र प्रहरी बीचको खेल । तस्बिरः उमेश पुन÷नागरिक

गण्डकी प्रदेशले टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको उपाधिको लागि त्रिभुवन आर्मीसँग पक्का भएको छ । त्रिभुवन आर्मीलाई पराजित गर्दै अगाडि बढेको गण्डकीले आज भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बललाई सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । आर्मीले पनि विभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–० को सोझौ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।  

शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले शसस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टाईगर ग्रुपको आयोजनामा भईरहेको प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ले लियो ।  

दोस्रो सेटमा भने शसस्त्रले कडा चुनौति पेश गर्यो । खेल निकै रोचक र प्रतिस्पर्धात्मक बन्न पुग्यो । तर गण्डकीले अन्त्यमा २९–२७ को सेटमा आफनो पक्षमा पार्दै विभागीय टोलीको भलिबलको बर्चस्वलाई तोड्ने लक्ष्यमा अग्रसर बन्यो । तेस्रो सेटमा भने गण्डकीले सुधारिएको खेल देखाउँदै २१–१५ मा लिदैं फाईनल सुरक्षित गर्दा शसस्त्र प्रहरी बल भने उपाधि होडबाट बाहिरिन पुग्यो ।  

पहिलो खेलमा नेपाल पुसिल क्लबसँग पराजित गण्डकीले दोस्रो खेलमा त्रिुभवन आर्मीलाई ३–१ सेटले पराजित गरेको थियो । पुलिस शसस्त्र प्रहरी बलसँग पराजित भएको थियो । दोस्रो खेलमा आर्मीले पुलिसको चुनौतिलाई २६–२४मा पहिलो सेटमा पराजित गर्दै अग्रता लिएको थियो । दोस्रो सेटमा आर्मीले पुलिसलाई २५–२२ र तेस्रो सेट २५–१४को सेटमा पराजित गरेको थियो ।  

प्रकाशित: ३० माघ २०७७ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App