८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

डायमण्ड र नेपाल पुलिसको सुखद शुरुवात

टाईगर कप क्लब च्याम्पियनसिप भलिबल

न्यू डायमण्डको स्पाइक ब्लक गर्ने प्रयास गर्दै आर्मीका खेलाडी । तस्बिरः उमेश पुन÷नागरिक

विभागीय क्लब नेपाल आर्मीलाई पाँचौ सेटमा पुगेर जित आत्मसात गर्दै न्यु डायण्ड एकेडेमीले क्लब च्याम्पियनसिप टाईगर कप भलिबलमा सुखद शुरुवात गरेको छ ।  

मंगलबार पोखरा रंगशालामा टाईगर ग्रुपको आयोजनामा सञ्चालित प्रतियोगितामा आर्मीले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै जितको सम्भावना देखाएपनि अन्तत डायमण्ड एकेडेमीसँग नतमष्तक बन्न पुग्यो । पहिलो सेट डायमण्डले २५–१२ मा लिदैं आर्मीमाथि हावी हुने संकेत देखायो ।  

तर दोस्रो सेटमा भने आर्मीले लय समात्यो । २२–२५ को अवस्थामा डायमण्डले आर्मीलाई सेट सुम्पिदैं बराबरीमा रह्यो । १–१ सेट लिएको अवस्थामा तेस्रो सेट प्रतिस्पर्धात्मक बन्ने अपेक्षा थियो । डायमण्ड एकेडेमीले आर्मीमाथि दबास सृजना गर्दै २५–१८ मा सेट लिदैं सेटमा आग्रता बनाउन पुग्यो । चौथो सेट भने आर्मीले आफनो पक्षमा पार्दै निर्णायक सेटसम्म खेललाई धकेल्यो । २५–२७ मा डायमण्डले गुमाउँदै आर्मीसँग निर्णायक सेटसम्म कुर्नुपर्यो । तर अन्तिम सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो । १५–१३ ले लिदैं आर्मीमाथि डायमण्डले जित दर्ता गर्दै क्लब च्याम्पियनसिपमा गतिलो शुरुवात गर्यो ।  

यसअघिको खेलमा महिला भलिबलमा आफनो प्रभुत्व जमाईरहेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब विभागीय डर्बीमा पराजित हुदैं पोखरामा आयोजित टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको शुरुवात गरेको थियो ।  

पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको मंगलबारको विहानी खेलमा एपीएफ नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुन पुग्यो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुन पुग्यउो । तर पुलिसले २६–२४को सेटमा बाजी मार्यो । दोस्रो सेट पछि नेपाल पुलिसले अग्रता लिदैं २५–२२ को स्थितिमा आफनो पक्षमा पार्दै एपीएफ विरुद्ध जितको संघारमा पुग्यो । अन्तिम सेट पनि एपीएफलाई कुनै मौका नै नदिई पुलिसले २५–११ को सेटमा पराजित गर्दै क्लब च्याम्पियनसिपमा आफनो सुखद शुरुवात गर्यो ।  

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५÷१५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रकाशित: २७ माघ २०७७ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App