१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

योगिनी कपलाई सह–प्रायोजन गर्दै न्यु एभरेष्ट डिस्लरी

बाँकेको खजुरामा हुन लागेको योगिनी कप अन्तर क्लब पुरुष भलिबल  प्रतियोगितालाई न्यु एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजकका रुपमा सहयोग गर्ने भएको छ ।  

बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको प्रतियोगितालाई सह–प्रायोजकको रुपमा साथ दिने घोषणा गरिएको छ ।  आयोजक योगिनी युवा क्लब अध्यक्ष तरिन्द्र थापा र न्यु एभरेष्ट डिस्लरी प्रालिका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले प्रतियोगितामा सहकार्य गर्ने बारेमा सम्झौता गरेका छन ।  योगिनी युवा क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगिता माघ २२ गते देखी २४ गते सम्म संचालन हुँदैछ ।  प्रतियोगितामा १२ क्लबले प्रतिस्सपर्धा गर्ने आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले बताए ।  

 पत्रकार सम्मेलनमा न्यु एभरेष्ट डिस्लरीका अध्यक्ष श्रेष्ठले स्थानीय स्तरमा हुन लागेको प्रतियोगितालाई सहयोग गर्ने उद्देश्यले प्रायोजन गर्न लागेको बताए । उनले भने, ‘खेलकुद समाजका युवाहरुलाई संक्रिय बनाउने एउटा सशक्त माध्यम हो । म आफै पनि खेलाडी भएकोले खेलकुदका प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । हाम्रो सहयोगले प्रतियोगितालाई सफल गर्नमा मद्धत पुग्नेछ । प्रतियोगिताले स्थानीय स्तरबाट राम्रो खेलाडी उत्पादन गर्नेमा पनि हामीलाई विश्वास छ ।’

आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले प्रायोजन गर्ने न्यु एभरेष्ट डिस्लरीलाई धन्यवाद दिए । अध्यक्ष थापाले भने, ‘हामीले आफनो समाजको लागि आफनो क्षमता अनुसार योगदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको छौं । यसलाई सफल बनाउन थुप्रै संघ संस्थाको सहयोग आवश्यक हुन्छ । न्यु एभरेष्टले प्रायोजन गरेर प्रतियोगिता आयोजनमा थप उत्साह जागेको छ । यसका लागि हामी उहाँहरुलाई हृदयदेखी धन्यवाद दिन चाहन्छौं ।’  

खेलकुदको लोकप्रियता भएको गाउँमा भलिबल प्रतियोगिता आयोजना गरेर प्रतिभावान खेलाडी उत्पादन गर्दै त्यस क्षेत्रको आन्तरिक पर्यटन प्रर्वद्धन गर्न पनि भलिबल प्रतियोगिताले सहयोग गर्ने रंगशाला नेपाल मिडिया प्रालिका अध्यक्ष कमल खत्रीले बताए ।  

योगिनी माविको मैदान हुने प्रतियोगिताको विजेताले २१ हजार, मेडल ट्रफी र सिल्ड तथा उपविजेताले १० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी गराए ।  

 

प्रकाशित: १२ माघ २०७७ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App