१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जेमिसनको पाँच विकेट

काइल जेमिसनको पाँच विकेट प्रेरणाबाट न्युजिल्यान्डले दोस्रो टेस्टमा आइतबार पहिलो दिन नै पाकिस्तानलाई २ सय ९७ रनमा समेट्दा अजहर अली शतकनजिक पुगेर चुकेका छन् ।

क्राइस्टचर्चमा अली ९३ रनमा आउट हुँदा शतक बनाउन चुके, जहाँ पाकिस्तान पहिलो दिन नै समेटिएको थियो।सोही खेलमा न्युजिल्यान्डका जेमिसनले टेस्ट करियरको छैटौं खेलमै पाँच विकेट लिएर ६९ रन खर्चिए र यससँगै उनी करियरमा तेस्रो पाँचौं विकेट निकाल्न सफल भए।टस जितेको न्युजिल्यान्डले हरियो मैदानमा प्रभाव जमाउँदा जेमिसनले राम्रो बाउन्स प्राप्त गरेका थिए।सोही मद्दतमा एक छेउबाट उनले विकेट लिँदा अर्को छेउबाट अजहरले इनिङ अगाडि बढाए।६ फिट ८ इन्च अग्ला बलर जेमिसनको राम्रो बाउन्सरका बावजुत अजहरले दबाबरहित ब्याटिङ गरे ।

‘जेमिसन राम्रो उचाइका छन् र उनको बलिङ पनि राम्रो लाइनमा थियो।दुवै तर्पmबाट लगातार स्विङ पनि गराइरहे।त्यसका कारण पनि बललाई राम्रोसँग पढ्न कठिन नै थियो,’अजहरले भने,‘यद्यपि यो स्कोर पनि राम्रै छ।हाम्रा बलर पनि राम्रा छन् र उनीहरूको छिटै विकेट लिन सक्छन्।बलरलाई मद्दत मिल्ने खालको पिच पनि छ ।’ जिमिसनले पनि बलरलाई मद्दत मिल्ने पिच रहेकाले कुनै किसिमका गल्ती गर्ने आफूहरूलाई छुट नरहेको बताए।छिट्टै नै ओपनर सान मसुदलाई गुमाएपछि अजहरले अबिद अलीसँग ६२ रन, मोहम्मद रिजवानसँग ८८ रन र फहिम असरफसँग ५६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए ।

तर, १ सय ७२ बलको सामना गरेपछि अजहर म्याट हेनरीको बलमा फस्ट स्लिपमा रहेका रोस टेलरद्वारा क्याच आउट हुनपुगे।औंलामा चोटका कारण नेइल वाग्नेर मैदान बाहिर रहेपछि अवसर पाएका हेनरीले अजहरको विकेट लिँदै खेलमा न्युजिल्यान्डको पकड बनाउन मद्दत गरे।गैरजिम्मेवारीपूर्ण सट खेल्ने चक्करमा अजहर आउट हुँदा शतक बनाउनबाट समेत चुके।त्यसअघि टिम साउथीले तेस्रो ओभरमै योर्करबाट मसुदलाई एलबिडब्लु धरापमा पार्दै पाकिस्तानलाई पहिलो झड्का दिएका थिए।

त्यसपछि जेमिसनले पनि लगातार उत्कृष्ट बलिङसँगै पाकिस्तानलाई दबाबमा राखे।खाना अगावै जेमिसनले अबिद अलिलाई २५ रन, ह्यारिस सोहेललाई १ रन र फवाद आलमलाई २ रनमै पवेलियनको बाटो देखाए।तर, मध्य सेसनमा रिजवानले आफ्नो राम्रो लय प्रस्तत गरे र ६१ बलमा ७१ रनको इनिङ खेले।त्यस क्रममा उनले ११ चौका प्रहार गर्दै खेलमा रोमाञ्चकता थपे।तर, उनी पनि जेमिसनकै बलमा विकेटकिपर बिजे वाट्लिङद्वारा क्याच आउट हुनपुगे ।

चिया विश्रामपछि हेनरीले अजहरलाई आउट गर्दा जेमिसनले असरफलाई ४८ रनमा पवेलियन फर्काउँदा पाकिस्तानको सातौं विकेट पतन भयो र न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको थियो।तर, डेब्युटेन्ट जफर गोहरले ३४ रन बनाउँदै धरमराएको पाकिस्तानको इनिङलाई उकासे।उद्यपि, उनलाई साउथीले आउट गर्दै आफ्नो व्यक्तिगत दोस्रो विकेट लिए।

प्रकाशित: २० पुस २०७७ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App