२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सूदुरपश्चिमद्वारा गण्डकी ५९ रनले पराजित

खेलमा प्लेयर अफ दी म्याच घोषित सुदुर पश्चिमकी रेवती धामी । तस्बिर नागरिक

गण्डकी प्रदेशलाई फराकिलो रनले पराजित गर्दै सूदुरपश्चिमले समुह बी अन्तर्गत पहिलो खेल जित्दै सेमिफाईनल प्रवेशको लागि सम्भावना बलियो बनाएको छ ।  

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार खेलमा सूदुरपश्चिमले गण्डकीलाई ५९ रनले पराजित ग¥यो । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सूदुरपश्चिमले दिएको १०८ रनको चुनौति पछ्याएको गण्डकी प्रदेशले रनस्कोर भने अर्धशतक पनि पुरा गर्न सकेन । कुनैपनि व्याट्सवुमन दोहोरो अंकको रनविहीन हुँदा गण्डकी प्रदेशलाई सूदुरले केवल ४८ रनमै समेटिदिएको थियो । यद्यपी गण्डकीले भने २० ओभर पुरै खेल्ने क्रममा सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित ६ रनमा इनिङ टुग्याईन् ।  

बलिङमा सूदुरपश्चिमकी सुनिता लोहारले २ विकेट लिईन । कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदको नाममा भने एक एक विकेट लेखियो ।  

देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सूदुरपश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । ओपनर ब्याटर रेवती धामीले महत्वपूर्ण पारी खेलिन् । ३६ बलको खेल्ने क्रममा उनले २ चौकासहित २७ रन बनाईन् । कप्तान विन्दु रावलले १३ रन, ओपनर ब्याटर मन्जु बोगटीले १० रन बनाई पभेलियन फर्किदा रुवि पोदारको नाममा ५ रन स्कोरमा चढ्यो ।  

बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३÷३ विकेट लिदैं सूदुरलाई दबाव दिएका थिए । अञ्जली विश्वकर्माले पनि पनि १ विकेट लिन सफल भइन् । प्रतियोगितामा समूह ए बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन् । एपीएफ समूह विजेता हुँदै सेमिफाइनल पुग्दा लुम्बिनी उप विजेता बन्दै सेमिफाइनल पुगेको हो । 

प्रकाशित: १४ पुस २०७७ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App