माछापुच्छ«े क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की क्लबस्तरीय छनोट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । अघिल्ला दुई खेलमा शतकीय पारी खेलेका माछापुच्छ«ेका कप्तान दिपेश खत्री र अभिषेक थापा सस्तैमा पभेलियन फर्किएपछि १५० रनको लक्ष्य पछ्याएको माछापुच्छ«े क्रिकेट क्लब सोमबार पराजित हुन पुग्यो ।
पोखरा रगंशाला क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको सांग्रिला क्रिकेट क्लबले ३५.१ ओभर खेल्दै १४९ रनको स्कोर तयार पार्यो । चौथो विकेटको लागि सुदिप पौडेल र अरुण अधिकारीले ६६ रनको साझेदारी गर्दै सम्मानजनकस्थिति तर्फ बढाएका थिए । अधिकारीले ३२ रन बनाउने क्रममा ५८ बल खेल्दै ४ चौका र १ छक्का हिर्काए । सुदिपले पनि ३९ रन जोड्न ेक्रममा ७० बल खेल्दै तीन चौका हाने । कप्तान विपिन खत्री भने १३ बलमा आउट हुन पुगे ।
माछापुच्छ«ेका कप्तान दिपेश खत्रीले ८.१ ओभर फाल्दै ३५ रन दिएर ५ विकेट लिए । अमृत गुरुङले ८ ओभरमा एक मेडन राख्दै १३ रन दिएर ३ विकेट लिए । बलिङमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान खत्री भने फाईनलमा भने चल्नै सकेनन् । उनलाई सांग्रिलाका कप्तान एवं स्पीनर विपिनले आउट गरे । उनी आउटभएसँगै माछापुच्छ«ेले सम्हालिएर क्रिजमा टिक्नै अवसर नै पाएन् । उनी भन्दा अघि अघिल्लो खेलमा शतकीय पारी खेलेका अभिषेक थापा भने विपिन खत्रीकै बलमा बोल्ड भएका थिए ।
१५० रनको सामान्य लक्ष्य पछ्याउने माछापुच्छ«ेलाई निकै सकस पर्यो । व्याट्सम्यानहरु सस्तैमा आउट हुने क्रम दोहोरिरहँदा १२१ रनमै सबै विकेट गुमाउँदै पराजय हुन पुग्यो । दिपेशले ३९ बल खेल्दै २१ रन मात्रै जोडे । खत्री सुदिप पौडेलको बलमा क्याच आउटबाट जोगिएका थिए । अमृत गुरुङले पनि माछापुच्छ«ेको स्कोरकार्डमा रन चढाउने क्रममा २० बलमा १९ रन हिर्काए । तेजेन्द्र घर्ती मगरले विकेट जोगाउँदै रन उकास्ने क्रममा ५३ बल खेल्दै २१ रन मात्रै जोडे । विपिन खत्री र विकास क्षत्रीले समान दुई मेडन राखे । विपिनले १० ओभर पुरै बलिङ गरेर २५ रन दिदैं ४ विकेट लिए । क्षत्रीले भने ९ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिन सफल भएको अफिसियल आशिष बरालले जानकारी दिए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा दिपेश खत्री, विकास क्षत्री, अभिषेक थापा, विपिन खत्री, सुवास भण्डारी, नितेश गिरी र विपिन खत्री म्यान अफ दि म्याचको हकदार भए । बेष्ट व्याट्सम्यानको रुपमा अभिषेक थापा घोषित हुदाँ बलरबाट अमृत गुरुङ घोषित भएका थिए । उदीयमान खेलाडी अभिषेक थापा भए भने म्यान अफ दि सिरिजको पुरस्कार विपिन खत्रीले प्राप्त गरे । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजु, जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देल, सचिव दिपेन्द्रप्रताप चन्द तथा कोषाध्यक्ष एवं संयोजक चन्द्रकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित: २९ मंसिर २०७७ १०:२८ सोमबार