१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

बागमती प्रतियोगिताबाट बाहिर

गौतम बुद्ध कप

म्यान अफ दी म्याच अविनाश बोहोरा।

लगातार दोस्रो हार बेहोरेसँगै बागमती गौतम बुद्ध कप ट्वान्टी–२०  क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ।

शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नारायणीसँग सुपर ओभरमा निराश बनेको बागमती आइतबार दोस्रो खेलमा राप्तीसँग ११ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। तीन टोली सम्मिलित प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गरेका छन्। यता पहिलो खेल जितेको राप्तीले भने नारायणीविरुद्ध फाइनल भिडन्त पक्का गरेको छ। सोमबार नारायणी र राप्तीले समूहविजेताका लागि प्रतिस्पर्धा गर्नेछन्।  

राप्तीले प्रस्तुत गरेको १ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमतीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १९ रन जोड्न सक्यो। बागमतीका लागि सोमपाल कामीले २८ बलमा ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ३५ रनको योगदान गरे। त्यस्तै अनिल शाहले २२ रन जोड्दा रोहित पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले समान १३ रन बनाए। ओपनर सुनील धमलाको नाममा ११ रन रह्यो।

राप्तीका लागि भुवन कार्की, कमलसिंह ऐरी र अविनाश बोहोराले समान दुई विकेट लिएका थिए। यसअघि पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रनको योगफल तयार पारेको थियो। राप्तीका अमित श्रेष्ठले २६ रन जोड्दा कप्तान विनोद भण्डारी र शरद् भेषावकरले समान २१ रन जोडे। अमितले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे। बागमतीका लागि सोमपाल, सागर ढकाल र रासिद खानले समान २ विकेट लिए। फाइनल खेल मंगलबार हुनेछ।

प्रकाशित: २९ मंसिर २०७७ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App