रमेश बस्नेतले अविजित ५४ रन हिर्काएपछि ७५ रनको लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लबले १४.१ ओभरमा पुरा गर्दै राईजिङ पोखरा क्रिकेट क्लबमाथि ७ विकेटको जित दर्ता गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा आईतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा राईजिङ पोखरा क्रिकेट क्लबले दिएको ७५ रनको लक्ष्यलाई बस्नेतले ८ चौका र दुई छक्का हिर्काउँदै अविजित रहेर तीन विकेटको क्षतिमा लक्ष्य पुरा गरेका थिए ।
ओपनर बस्नेतले ४३ बल खेले । यु–१६ का राष्ट्रिय खेलाडी समेत रहेका अर्जुन कुमालसँगको साझेदारी गर्ने प्रयास गर्दै बस्नेतले उत्कृष्ट प्रदर्शन गरे । कुमालले पनि १४ रन बनाई आउट भए । धैर्यतापूर्ण व्याटिङ गर्ने कुमाललाई एमरिन पौडेलले क्याच आउट गरे । थप दुई व्याट्सम्यानले भने क्रिजको अनुभव मात्रै लिने अवसर पाए । एमरिन पौडेलले ३ विकेट लिए । राईजिङ पोखरा क्रिकेट क्लबले ३२.१ ओभर खेल्दै ७४ रन जोड्ने सबै विकेट गुमाएको थियो । पहिलो विकेट पाँच रन बनाउँदा गुमाएको राईजिङले थप नौ रन जोड्ने क्रममा अर्को विकेट गुमाउन पुग्यो । ४०–४ को स्थितिको खराब लयमा रहेको राईजिङले एक रन जोड्दा अर्को विकेट गुमायो ।
एकपछि अर्को विकेट गुमाउने क्रममा राईजिङले ४२÷७ को दयनीय अवस्था रह्यो । कप्तान निर्मल पौडेलले २१ बलमा १४ रन जोडे । विशाल विकले पनि १३ रन जोड्न पुगे । अन्य व्याट्सम्यानले दोहोरो अंकको रन छुनबाट बन्चित हुदैं पभेलियन फर्किए । कास्की क्रिकेट क्लबका बलर नितेश गिरीले १० ओभर बलिङ गर्दै २ मेडन राखे । २७ रन खर्चिए । ४ विकेट आफनो नाममा लेखाए । विश्वास कार्कीले ७.१ ओभरमा तीन मेडन राखे । केवल १० रन खर्चिएर ३ विकेट लिए । क्लबस्तरीय छनोट प्रतियोगिताको फाईनल सोमबार सांग्रिला क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
प्रकाशित: २८ मंसिर २०७७ ११:२० आइतबार