२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेटर न्यौपानेको खुट्टाको शल्यक्रिया

घाइते क्रिकेटर सन्तोष न्यौपाने । तस्बिरः नागरिक

फिल्डिङको क्रममा घाइते भएका अरण्यज्योति क्रिकेट क्लबका खेलाडी सन्तोष न्यौपानेको बायाँ खुट्टाको शल्यक्रिया गरिएको छ । पोखरा क्रिकेट क्लब विरुद्ध फिल्डिङ गर्ने क्रममा उनी शनिबार घाईते भएका थिए । डिप मिड विकेटमा चौका जोगाउने क्रममा उनी घाईते भएका हुन् । उनको बायाँ खुट्टा भाँचिएको थियो ।  

कास्की जिल्ला क्रिकेट संघका अनुसार शनिबार घाइते भएका उनको सुरुमा पोखराकै कास्की सेवा हस्पिटलमा उपचार गरिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि गृहनगर चितवनस्थित नारायणी सामुदायिक अस्पताल लगिएको अरण्यज्योति क्रिकेट क्लबका कप्तान विधान श्रेष्ठले बताए । नारायणी सामुदायिक अस्पतालमा आइतबार दिउँसो न्यौपानेको खुट्टाको शल्यक्रिया गरिएको श्रेष्ठले बताए ।

चितवन निवासी २६ वर्षिय न्यौपाने विगत एक दशकदेखि कास्की जिल्लाबाटै क्लबस्तरीय क्रिकेट प्रतियोगिता खेल्दै आएको प्रशिक्षक रिजन प्रजुले जानकारी दिए । उनले न्यौपानले पोखरा तत्कालिन क्षेत्र नं ८ हुदाँ समेत यु–१९ समेत खेलेका थिए । कास्की जिल्लाबाट खेल्दै प्रदेश छनोटमा सहभागि थिए । उनको उपचारको लागि सहयोगको लागि जिल्ला क्रिकेट संघ कास्की तथा क्लबहरुले आर्थिक सहयोग संकलन गर्ने जनाएका छन् ।

प्रकाशित: २८ मंसिर २०७७ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App