२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

म्याराडोनाका डाक्टरको घर र क्लिनिकमा प्रहरी छापा

फुटबलर म्याराडोनाको मृत्युको चार दिनपछि उनका डाक्टरको घर र क्लिनिकमा प्रहरीले छापा मारेको छ।

प्रहरीले डाक्टर लीयोपोल्डको घर र क्लिनिकमा छापा मारेको हो। म्याराडोना विश्वका चर्चित र महान फुटबल खेलाडी हुन्। उनको उपचारमा कुनै लापरवाही भएको पो थियोकी भन्ने शंकामा छापा मारिएको हो।

म्याराडोनाकी छोरीले उनका पितालाई कुन कुन औषधी दिइएको थियो त्यसको अनुसन्धान गर्न माग गरेकी थिइन्।

नोभेम्बरको सुरुवातमा म्याराडोनाको मस्तिष्कबाट ब्लड क्लाट निकाल्ने सफल सर्जरी भएको थियो। रक्सीको लत छुटाउनको लागि उनको उपचार भइरहेको थियो।

डा. लुकेले प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। म्याराडोनाका लागि अन्तिमसम्म सबै गरेको उनले बताएका छन्। करिब ३० प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान उनको घर र क्लिनिकमा छापा मारेका थिए।  

म्याराडोनाको अन्तिम दिनमा के के भएको थियो भन्ने पत्ता लगाउन अनुसन्धानले प्रयास गर्ने छ। जब उनलाई स्वास्थ्यलाभका लागि घर पठाइएको थियो त्यो समय उनी डिस्चार्ज हुने अबस्थामा नभएको र क्लिनिकमा नै राख्नु पर्ने स्थितिमा रहेकोसमेत जनाइएको छ।

 

 

प्रकाशित: १५ मंसिर २०७७ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App