३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

कराते टोलीलाई खेलसामग्री

टोकियो ओलम्पिकको तयारीमा रहेका टोली बायाँबाट दीपक श्रेष्ठ, अनु अधिकारी र नवीन रसाइली। तस्बिर: नागरिक

टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेलसामग्री प्रदान गरिएको छ। ओलम्पिक तयारीमा रहेका २ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्य्राकसुट र ब्याग प्रदान गरियो।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे।

ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष महर्जनले ट्य्राकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामग्री प्रदान गरे। त्यस्तै आठौं दक्षिण एसियाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रविले १५ हजारबराबरको ब्याग हस्तान्तरण गरे।

कार्यक्रममा प्रशिक्षक श्रेष्ठले जुन ११ र १२ मा फ्रान्समा क्वालिफाइङ हुने बताउँदै त्यसअघि नवीन र अनुलाई  पोर्चुगल, साइप्रस र मोरक्कोमा हुने विभिन्न प्रतियोगिताका साथै कुवेतमा हुने एसियन च्याम्पियनसिपमा समेत सहभागिताका लागि पहल भइरहेको बताए।

‘क्वालिफायरमा सहभागी हुन खेलाडी  १ सयांै वरीयतामा हुनुपर्दछ, नवीन वरीयताको ९७औं स्थानमा छन् भने अनु १ सय सातौं  स्थानमा छिन्,’ श्रेष्ठले भने, ‘क्वालिफायरको बाटो सहज हुनका लागि यी खेलाडीले जतिसक्दो धेरै अंक बटुलून् भन्ने उद्देश्यका साथ युरोपका साथै एसियामा हुने विभिन्न प्रतियोगितामा सहभागिताका लागि प्रयास जारी छ।

प्रकाशित: १० मंसिर २०७७ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App