coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मेसीको सानदार प्रदर्शन

क्याडिजमाथि रबाफिलो जित निकाल्दै एट्लेटिको मड्रिड शनिबार ला लिगाको शीर्ष स्थानमा उक्लिँदा दोस्रो हाफमा मैदान प्रवेश गरेका लियोनल मेसीको प्रेरणाबाट बार्सिलोनाले पनि रियल बेटिसमाथि जित दर्ता गरेको छ।

जाओ फेलिक्सले दुई गोल गर्दा डिएगो सिमोन्सको टोली एट्लेटिकोले क्याडिजमाथि ४–० को फराकिलो जित निकाल्दै गोलअन्तरको शीर्ष स्थानमा ओगटेको थियो। लुइस स्वारेज र मार्कोस लोरेन्टले गोलको अवसर सिर्जना गरेको खेलमा एट्लेटिकोले सफलतासँगै सुरुआती सात खेलबाट पाँच जित र दुई बराबरीको नतिजा सामना गरेको छ। सुरुआती लयलाई निरन्तरता दिएको एट्लेटिकोले आफू पनि उपाधिको दाबेदार रहने संकेतसमेत गरेको छ। एट्लेटिकोले हालसम्म १७ गोल गर्दा दुई गोल मात्र बेहोरेको छ। अन्तर्राष्ट्रिय ब्रेकपछि एट्लेटिकोले आफ्नो घरेलु मैदानमा बार्सिलोनाविरुद्ध चुनौती प्रस्तुत गर्नेछ भने जहाँ स्वारेज र एन्टोनी ग्रिजमन आफ्ना पूर्वक्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

जितसँगै बार्सिलोना ला लिगाको आठौं स्थानमा उक्लिएको छ। पछिल्लो समय मेसीले बार्सिलोनाबाट राम्रो प्रदर्शन गर्न नसकेको आरोप लागे पनि उनले सानदार प्रदर्शनबाट त्यसको जबाफ दिएका छन्।  

स्वारेजले आफ्नो नयाँ क्लबबाट सानदार सुरुआत गर्दा पाँच गोल गरिसकेका छन्, जहाँ ग्रिजमनले मेसीको छायाँमा क्याम्प नोउमा निकै संघर्ष गर्नुपरेको छ। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले सुरुआतमा मेसीलाई आराम दिएको खेलमा ग्रिजमेनले पेनाल्टी अवसर गुमाएका थिए। यद्यपि, उक्त खेलमा औसमाने डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता लिए पनि एन्टोनियो सानाब्रियाले बेटिसलाई १–१ को गोलको बराबरीमा फर्काएका थिए। यद्यपि, दोस्रो हाफमा मेसी मैदान प्रवेश गरेपछि बार्सिलोनाले दबाब सिर्जना ग-यो भने ग्रिजमनले पनि पहिलो गोल गर्न सफल भए। त्यसपछि मेसीले पनि दुुई गोल गर्दै बार्सिलोनालाई बलियो स्थितिमा पु-याएका थिए। त्यसबीच बेटिसका लागि ७३औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्कने आशा जगाए पनि सफल हुन सकेन। खेलको अन्ततिर पेड्रीको गोलसँगै बार्सिलोनाले चार खेलमा जितविहीन यात्रामा पूर्णविराम लगाएको थियो। त्यो जितसँगै बार्सिलोना ला लिगाको आठौं स्थानमा उक्लिएको छ। पछिल्लो समय मेसीले बार्सिलोनाबाट राम्रो प्रदर्शन गर्न नसकेको आरोप लागे पनि उनले सानदार प्रदर्शनबाट त्यसको जबाफ दिएका छन्।  

‘किभसँगको खेलमा लियोको प्रदर्शनमा केही समस्या थियो,’ बार्सिलोनाका प्रशिक्षक कोम्यानले, ‘त्यसैले उनलाई पहिलो हाफमा खेलाइएको थिएन। तर उनीसँग सल्लाह गरेर पुनः उनलाई मैदान पठाइएको थियो।’ हरेक खेलाडीको सिद्धान्त राम्रो खेल्नु हो, तर उनले आज राम्रो खेले।’ अर्को  खेलमा सेभियाले ओसासुनालाई १–० ले हराउँदा लुकास ओकाम्पसको पेनाल्टी गोलको साहारा लिनुपरेको थियो। त्यो जितसँगै सेभिया ११औं स्थानमा उक्लिएको छ। सेभियाले लगातार दोस्रो जित निकालेको छ। यसअघि सेभियाले च्याम्पियन्स लिगमा क्रासनोडारलाई ३–२ ले हराएको थियो।  

प्रकाशित: २४ कार्तिक २०७७ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App