१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मार्सले आइपिएलका बाँकी खेल गुमाउने

रोयल च्यालेन्जर्सविरुद्धको खेलमा सोमबार कुर्कुच्चामा चोट भोगेका सनराइजर्स हैदराबादका बलर मिचेल मार्सले इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी खेल गुमाउने भएका छन् । क्लबले बुधबार विज्ञप्ति जारी गरेर मिचेल मार्सले आइपिएलका बाँकी खेल गुमाउने जनाएको हो । ‘मिचेल मार्स टोलीबाट बाहिर रहने भएका छन् । कुर्कुच्चामा गम्भीर चोट देखिएको छ । 

छिटो निको होस् भन्ने कामना गरेका छौं,’ सनराइजर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मार्सको स्थानमा जेसन होल्डर टोलीमा समावेश हुनेछन् ।’ गत शनिबारबाट सुरु भएको आइपिएलमा सनराइजर्स १० रनले पराजित भएको थियो । बैङ्लोरविरुद्ध पाँचौं ओभरमा बलिङ गरेका मार्सले दुई बल गर्दा चोट भोग्न पुगेका थिए । त्यसपछि कप्तान डेविड वार्नरले चार बलर फ्याँकेर ओभर पूरा गरेका थिए ।

प्रकाशित: ८ आश्विन २०७७ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App