७ वैशाख २०८१ शुक्रबार
खेल

बार्टीलाई गल्फमा सफलता

उपाधिका साथ एस्लेघ बार्टी(बाँया)

विश्व नम्बर एक महिला टेनिस खेलाडी एस्लेघ बार्टीले यसै महिनाको अन्तिममा सुरु हुने फ्रेन्च ओपनको उपाधि रक्षाका लागि दाबेदारी नदिए पनि यसले उनलाई थप अर्को सफलता हात पार्नबाट भने रोक्न सकेन। यस पटक भने उनले गल्फमा उपाधि जितिन्।

बार्टी यसअघि नै क्रिकेटर रहिसकेकी छिन्। उनले बिग ब्यास महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सिजनमा ब्रिसबेन हिटबाट खेलेकी थिइन्। यस पटक उनले ब्रिसबेन नजिकैको ब्रुकवाटर गल्फ क्लबमा महिला च्याम्पियनसिपनको उपाधि जितेकी हुन्।  

२४ वर्षीया बार्टीका लागि गल्फप्रतिको लगाब नौलो भने होइन। उनका पे्रमी ब्रुकवाटरमै पिजिए ट्रेनी छन्। गत वर्ष मेलबर्नमा प्रेसिडेन्ड्स कपमा टाइगर उडले समेत बार्टीको प्रशंसा गरेका थिए।

कोभिड १९ महामारीका कारण हालै सम्पन्न युएस ओपनबाट समेत नाम फिर्ता लिएकी बार्टीले सोही कारण फ्रेन्च ओपनमा समेत सहभागिता नजनाउने घोषणा गरिसकेकी छिन्।

प्रकाशित: ६ आश्विन २०७७ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App