७ वैशाख २०८१ शुक्रबार
खेल

दुई देशका ६ खेलाडीलाई कोरोना

दुई देशका ६ खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को पोजेटिभ संकेत देखिएको एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार जनाएको छ।  

सोमबारबाट कतारमा एएफसी च्याम्पियन्स लिगका खेल हुने तालिकाको पूर्वसन्ध्यामा दुई देशका ६ खेलाडीमा कोरोना पुष्टि भएको हो। वार्षिक कार्यक्रमअनुसार एएफसी च्याम्पियन्स लिग ६ महिनापछि सुचारु हुन लागेको हो। एसियामा कोरोनाका कारण गत मार्चदेखि कुनै पनि फुटबल गतिविधि सञ्चालन हुन सकेका छैनन्।  

एएफसीका अनुसार कोरोना पोजेटिभ संकेत देखिनेमा साउदी अरेबियाको क्लब अल हिलालका पाँच तथा कतारको अल दुहेलका एक खेलाडी छन्। यी टोलीले पश्चिम क्षेत्रको प्रतियोगितामा सहभागिता जनाएका थिए।  

‘कोरोना संकेत देखिएका खेलाडी अहिले मेडिकल निगरानीमा छन्। उनीहरू क्वारिन्टिनमा बसेका छन्,’ एएफसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।  

क्लबका अलाबा अल हिलालका केही व्यवस्थापकमा पनि कोरोनाको लक्षण देखिएको छ। यद्यपि ती खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन।  

यस्तै एएफसीले संयुक्त अरब इमिरेट्स (युएई) को क्लब अल वाहद एफसीका धेरै जसो खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। उनीहरूले दोस्रो डिभिजनको लिग खेलिरहेका छन्।  

युएईको फुटबल निकायले यस्तै लक्षण बाहिर आएको अवस्थामा प्रतियोगिता सार्न माग गरेको छ। तर एएफसीले सार्न गरेको मागलाई अस्वीकार गरेको छ। किनकि सोमबारबाट हुने च्याम्पियन्स लिग खेल्न धेरै जसो टिम कतार पुगिसकेका छन्। 

प्रकाशित: २९ भाद्र २०७७ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App