८ वैशाख २०८१ शनिबार
खेल

सिपिएल उपाधिका लागि ट्रिनबागो र जुक्स भिड्ने, सन्दीप आबद्ध जमैका प्रतियोगिताबाट बाहिरियो

क्यारेबियन प्रिमियर लिग सिपिएल टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि ट्रिनबागो नाइट्राइडस र सेन्ट लुसिया जुक्सबीच उपाधि भिडन्त हुने भएको छ।  

पहिलो सेमिफाइनलमा मंगलबार नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै ट्रिनबागोले फाइनल यात्रा तय गर्यौ। जमैकाले दिएको  १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।

ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित  रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै टिओन वेब्स्टर ४४ रनमा अविजित रहे। जमैकाका मुजिब उर रहमानले १ विकेट लिए। लिग स्टेजको ९ इनिङ्समा १२ विकेट लिन सफल भएका सन्दीप अन्तिम खेलमा भने विकेटविहीन भए। उनले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो। ट्रिनबागोविरुद्ध खराब ब्याटिङ गरेको जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ र कप्तान रोभम्यान पोवेलले ३३ रन बनाउनुबाहेक अरूले खासै राम्रो प्रर्दशन गर्न सकेनन्।  

जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ र खारी पेरीको नाममा २ विकेट रह्यो।

यस्तै दोस्रो सेमिफाइनल खेलमा गुएना एमेइजन वारियर्सलाई १० विकेटले पराजित गर्दै  सेन्ट लुसिया जुक्सले फाइनल यात्रा तय गर्यौ। बुधवार बिहान सम्पन्न खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको जुक्सले उत्कृष्ट बलिङ प्रर्दशन गर्दै १३ दशमलव ४ ओभरमा मात्र ५५ रनमा अलआउट गर्यौ। यो सिपिएल इतिहासकै दोस्रो कम स्कोर हो। वारियर्सका चन्द्रपाउल हेमराजले सर्वाधिक २५ रन बनाए भने कप्तान क्रिस ग्रिन र निकोलस पुरनले समान ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। वारियर्सलाई सस्तैमा समेट्न स्कट खुगलाइन, जाहिर खान, मार्क दयाल र रोग्मन चेसले समान दुईदुई विकेट लिए।

५६ रनको सामान्य लक्ष पाएको जुक्सले ४ दशमलव ३ ओभरमाविना विकेटको क्षतिमा लक्ष पूरा गर्यो। उसका लागि कर्नवालले ३२ र मार्क दयालले १९ रन बनाए।  

अब सिपिएलको उपाधिका लागि बुधबार नाइट्राइडस र जुक्सबीच प्रतिस्पर्धा हुनेछ। नाइटा«इडसले अहिलेसम्म तीनपटक उपाधि जितेको छ भने जुक्सले हालसम्म उपाधि जितेको छैन्।

प्रकाशित: २४ भाद्र २०७७ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App