३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

‘कोरोनाबीचमै ओलम्पिक’

जापानकी ओलम्पिक मन्त्री सिको हासिमोतोले एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक आउँदो वर्ष ‘कुनै पनि हालत’ मा हुने बताएकी छन्।  

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम र चुनौतीका बावजुद पनि ओलम्पिक निर्धारित समयमा नै गरिछाड्ने प्रतिबद्धता जनाएकी हुन्। यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष जोन कोट्सले सोमबार ओलम्पिक निर्धारित समयमा नै हुने जनाएका थिए। यही आधारलाई लिएर जापानकी मन्त्री  हासिमोतोले प्रतिक्रिया दिएकी हुन।  

‘धकेलिएको ओलम्पिकमा संलग्न सबै जनाले तयारीलाई तीव्रता दिइरहेका छन्। खेलाडीले ओलम्पिकलाई लक्षित गरेर तयारीलाई तीव्रता दिइरहेका छन्,’ टोकियो ओलम्पिक मन्त्री हासिमोतोले भनिन्, ‘‘मलाई लाग्छ हामीले खेललाई उम्कन दिनु हुँदैन। कुनै पनि हालतमा गर्नेछौं।’

सोमबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का उपाध्यक्ष जोन कोट्सले कोरोनाको महामारी रहेता पनि आवश्यक प्रोटोकल पूरा गरेर आउँदो वर्षको जुलाईमा ओलम्पिक हुने बताएका हुन्। यस्तै आयोजकहरू पनि खेल सावधानीपूर्वक सञ्चालन गर्ने तयारीमा जुटेका छन्। त्यसका लागि जापानले तयारीलाई तीव्रता दिइरहेको छ। ओलम्पिक इतिहासमा प्रतियोगिता सरेको यो दोस्रो पटक हो। यसअघि युद्धका कारण ओलम्पिक सारिएको थियो।

प्रकाशित: २४ भाद्र २०७७ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App