coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा र एपिएफबीच सहकार्य

नेपाली फुटबललाई ग्रासरुटदेखि नै विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सुरक्षा निकाय सशस्त्र प्रहरी बल (एपिएफ) मिलेर काम गर्न सहमत भएका छन्।  

स्वयम्भूको हलचोकस्थित एपिएफको हेडक्वार्टरमा आइतबार भएको बृहत् छलफलमा एपिएफ र एन्फा सहकार्य गरेर अघि बढ्न सहमत भएका हुन्। आइतबार भएको सहमतिअनुसार ग्रासरुट फुटबलको विकास, युवा खेलाडीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न एन्फा र एपिएफबीच सहकार्य हुनेछ।  

फुटबल विकास र अभिवृद्धिका लागि भएको छलफलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलको विकाससँगसँगै युवा खेलाडीको विकासमा ध्यान केन्द्रित रहेर छलफल भएको बताए।  

एपिएफका महानिरीक्षक शैलेन्द्र खनालले एन्फाले मुलुकमा फुटबलको विकासका लागि प्रस्तुत गरेको योजनाप्रति सकारात्मक रहेको र संस्थासँग हातेमालो गरेर अगाडि बढ्न आफ्नो निकायले सधंै साथ दिने बताए।

खनालले एपिएफबाट नेपाली फुटबलको विकासमा योगदान पु¥याउन पाउँदा खुसी लागेको समेत बताए। एन्फाले तयार गरेको योजना एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले प्रस्तुत गरेपछि सोही विषयमा लामो छलफल भएको थियो। 

प्रकाशित: २२ भाद्र २०७७ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App