२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

मेसीले पाउलान् त खुसी ?

न हाँसो छ न हस्तमिलन नै, न त पहिलाजस्तो सुमधुर सम्बन्ध; लियोनल मेसी बार्सिलोनामै बस्नेछन् तर यो सुखद अन्त्य भने होइन। तत्कालका लागि यो दुबिधा हटेको छ। अझै पनि पूर्ण रूपमा टरिसकेको भने छैन। कसैको पनि जित भएन, न मेसीको क्लब छोड्ने चाहना पूरा भयो न त क्लब अध्यक्ष जोसेफ मारिया बार्टमेउको मेसीका लागि तोकेको सात सय मिलियन युरोको रिलिज क्लज नै। बार्टमेउले विश्वकै उत्कृष्ट खेलाडी मेसी बार्सिलोनामै रहे क्लब अध्यक्ष पदबाट राजीनामा दिने घोषणासमेत गर्न भ्याए तर अब उनले वाचा पूरा गर्लान् त ? उनले राजीनामा दिएमा उनको जित हुनेछ। मेसीको पछिल्लो कदमले बार्टमेउमाथि नैतिक दबाबसमेत सिर्जना भएको छ।

२० वर्ष बार्सिलोनामा बिताएका मेसीले कुनै दिन क्लब छाड्दा त्यो पक्कै दुखद क्षण बन्थ्यो तर त्योभन्दा दुखद बन्यो मेसी गत साता आफंैले क्लब छोड्न चाहेको घोषणाले। क्लब अध्यक्ष बार्टमेउ र मेसीको सम्बन्ध पछिल्लो ९ महिना देखि झन् बिगँ्रदै गएको छ। मेसी क्याम्प नोउमै बस्ने भए। उनले आफ्नो निर्णयमा पुनर्विचार गरे। तर मेसी क्लबमै बस्दा पनि यी दुईबीचको सम्बन्धमा सुधार आउने कुनै संकेत छैन। ‘म खुसी हुन चाहन्छु,’ मेसीले भनेका थिए, ‘मैले क्लबमा खुसी पाइरहेको छैन।’

मेसीले बार्सिलोना आफूलाई माया लाग्ने भएकाले क्लबमै बस्ने घोषणा गरे तर न त यो मेसीको क्लबसँगको सम्झौता नवीकरण नै हो न त क्लबले उनको थप बसाइका लागि कुनै वाचा नै गरेको छ। सबैभन्दा दुखद पक्ष भनेको उनले क्लबमै बस्ने घोषणा त गरे तर आफ्नो क्लबको आधिकारिक च्यानलमा नभएर गोल डटकमसँग। घण्टांै बित्दा पनि बार्सिलोनाको आधिकारिक वेभसाइटले त्यसलाई मेन्सनसमेत गर्न भ्याएको थिएन। यो धेरैका लागि ठूलो समाचार थियो तर बार्सिलोना आफैंले भने यसलाई कुनै महत्व दिएन।

मेसीसामु धेरै विकल्प थिए, क्लबको रिलिज क्लज अस्वीकार गर्ने र कानुनी उपचार खोज्ने, तर मेसीले त्यो चाहेनन्। कारण उनी आफूलाई एक सफल खेलाडीको रूपमा स्थापित गराउने क्लब बार्सिलोनाविरुद्ध अदालत जान चाहँदैनथे। त्यसै कारण उनले नयाँ सिजन भर

(जुन १०,२०२१) सम्म क्लबमै बस्ने निर्णय गरे। उनी क्लब र आफूबीच द्वन्द्व नहोस् भन्ने चाहन्थे। मेसीले क्लबमा बस्ने घोषणा गरिरहँदा उनका बुबा तथा एजेन्ट जर्ज मेसी भने आफ्ना छोरा फ्री क्लजमा जानुपर्ने र त्यसका लागि कानुनी उपचार खोज्ने पक्षमा थिए। गोल डट कमसँगको कुराकानीमा मेसीले आफ्नो क्लब छोड्ने घोषणाले छोराछोरीहरू रोएको समेत बताए।

क्लब अध्यक्ष बार्टमेउ र मेसीको सम्बन्ध पछिल्ला ९ महिनादेखि झन् बिग्रदैँ गएको छ। मेसी क्याम्प नोउमै बस्ने भए। उनले आफ्नो निर्णयमा पुनर्विचार गरे। तर मेसी क्लबमै बस्दा पनि यी दुईबीचको सम्बन्धमा सुधार आउने कुनै संकेत छैन।

उनले क्लब अध्यक्षको पद बचाउनका लागि नभई क्लबको माया र सम्मानका लागि त्यहीं बस्ने निर्णय गरेको बताए। धेरै समर्थक मेसीको यो निर्णयबाट सन्तुष्ट छन्। तर केही समर्थक मेसी अन्यत्र जाऊन् भन्ने चाहन्थे, मात्र उनको खेलजीवन नबिग्रियोस् भनेर। क्लब समर्थकको आरोप थियो,‘बार्टमेउ द्वन्द्व निम्त्याउँदै मेसीको खेलजीवन खराब पार्न चाहन्छन्।’ त्यसैले उनीहरूका भिलेन थिए,बार्टमेउ। मेसी थप एक वर्ष क्याम्प नोउमा बस्नेछन्,त्यो सुखद पक्ष हो तर अबको उनको बसाइ विगतका सिजनजस्तो नहुन सक्छ। कारण उनी आफ्नो निर्णयले भन्दा पनि क्लजको कारण जबरजस्ती बसाइएका हुन्।

‘म बार्सिलोनामै बस्दै छु, किनभने क्लब अध्यक्षले यहाँबाट जाने मात्र २ विकल्प दिए, ७ सय मिलियन युरोको असम्भव रिलिज क्लज वा कानुनी बाटो,’ मेसीले भने, ‘अहिलेसम्म कुनै योजना ल्याइएन। उनीहरू आफू माथि पर्दै सन्तुलित बन्न खोजिरहेका छन्। म क्लब छोड्न चाहन्थें। क्लबका लागि पनि यो राम्रो निर्णय हुने थियो तर बार्टमेउ म अन्यत्र गएको हेर्न चाहँदैनथे न त म यहाँ बसेको हेर्न नै। उनले त्यही गरे।’ क्लबले यसै सिजनको च्याम्पियन्स लिग क्वार्टरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि भने मेसीको चर्को आलोचना भएको थियो।

‘मेरा लागि यो निकै खराब वर्ष रह्यो। मैले अभ्यास, खेल र डे«सिङ रुममा पनि धेरै कठिनाइ झेल्नुप¥यो,’ उनले भने, ‘क्लब अध्यक्षले मलाई सिजनको अन्त्यपछि क्लब छोड्न दिने वाचा गरे पनि अन्तिम क्षणमा उनले आफ्नो बोली फेरे। मानिसहरूले मेरा बारेमा गरेको कुरा सुनेर मलाई धेरै दुख लागेको छ। विश्व फुटबल कठिन छ र यहाँ धेरै फेक मान्छे छन्। यस अवसरमा मैले धेरै जनालाई चिन्ने अवसर पाएँ। मेरो क्लबप्रतिको माया र सम्मानका बारेमा प्रश्न गर्दा धेरै चित्त दुख्यो।’ मेसीले यसै साताबाट क्लबको अभ्यासमा सहभागी हुने बताए। ‘नढाँटी भन्नुपर्दा मलाई नै थाहा छैन अब के हुन्छ,’ मेसीले भने, नयाँ प्रशिक्षक, नयाँ रणनीति, तर म मेरो शतप्रतिशत दिन्छु।’

प्रशिक्षक रोनाल्ड कोमानले भनेका थिए, ‘म यहाँ यस्ता खेलाडी चाहन्छु,जसले क्लबका लागि सबैथोक दिन सकोस्।’ २० वर्षदेखि बार्सिलोनमा रहेका मेसीले त्यस क्रममा १० पटक स्पेनिस ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। दी गार्जियन 

प्रकाशित: २१ भाद्र २०७७ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App