२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

मेसीको ट्रान्सफर रकममा विवाद

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीका बुबा तथा एजेन्ट जर्ज मेसीले बार्सिलोनाका अध्यक्ष मारिया बार्टमेउबीच भेटवार्ता भए पनि मेसीको भविष्यका बारेमा भने कुनै ठोस निर्णय भने भएन ।

३३ वर्षे मेसीले गत साता मंगलबार बार्सिलोनाका अध्यक्ष बार्टमेउलाई फ्याक्स गर्दै क्याम्प नोउसँगको २० वर्षे साझेदारी समाप्त गर्ने जानकारी दिएका थिए ।

स्पेनका सञ्चारमाध्यमले बुधबार जर्ज मेसी र बार्टमेउबीच भेटवार्ता भए पनि कुनै सहमति नभएको जनाएका छन् । यी दुईबीच पुनः छलफल हुने बताइएको छ ।  

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी ६ पटकका बालोन डी’अर विजेता मेसीलाई भित्र्याउने मुख्य दाबेदारका रूपमा देखा परेको छ । स्पेनिस सञ्चारमाध्यले मेसी सिटी जान सहमत भइसकेको समेत दाबी गरेका छन् ।

प्रिमियर लिग  क्लब म्यानचेस्टर सिटी ६ पटकका बालोन डी’अर विजेता मेसीलाई भित्र्याउने मुख्य दाबेदारका रूपमा देखा परेको छ । स्पेनिस सञ्चारमाध्यले मेसी सिटी जान सहमत भइसकेको समेत दाबी  गरेका छन् ।

तर मेसी र क्लबबीच भने फुकुवा रकमका बारेमा विवाद भइरहेको छ । मेसीका एजेन्टले उनी फ्री ट्रान्सफरमा जान पाउनुपर्ने दाबी गर्दै आएका छन् भने स्पेनिस ला लिगा र बार्सिलोनाले उनका लागि ७ सय मिलियन फुुकुवा रकम तोकिसकेको छ ।  

मेसी र बार्सिलोनाबीच २०२१ सम्मको सम्झौता बाँकी थियो । यद्यपि मेसीले जुन १० सम्म क्लब छोड्ने घोषणा गरेको भए उनी फ्री ट्रान्सफरमा जान पाउँथे तर कोरोना भाइरस महामारीका कारण तीन महिना लिग रोकिएपछि सिजन अन्त्यको समयसमेत लम्बिएको थियो । अगस्ट २३ मा मात्र सिजन अन्त्य भएको थियो । त्यसको २ दिनअघि मात्र मेसीले क्लब छोड्ने घोषणा गरेका थिए ।

‘बार्सिलोनाले मेसीको फुुकुवा रकम ७ सय मिलियन युरो तोकेको छ, जुन वैधानिक छैन,’ जर्ज मेसीले भने, ‘मेसीले फ्री ट्रान्सफरमा जान पाउनुपर्छ । कानुनी रूपमा हामी सही छाैं ।’

प्रकाशित: १९ भाद्र २०७७ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App