सन् २००८ को जाडो यामको शनिबार। योर्कसाइनमा रहेको पाउल न्युसामको घरमा भएको होहल्ला सुन्दा लाग्थ्यो, त्यो कुनै सार्वजनिक टेलिफोन बुथ हो।
‘कसैले मासोनलाई उनी खेल्छन् वा खेल्दैनन् भनी फोन गरेका थिए,’ न्युसामकी श्रीमती जुली सम्झिन्छिन्। फोन गर्ने व्यक्ति थिए, प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्काउट, जो ६ वर्षे मासोन ग्रिनउड आफ्नो क्लब एकेडेमीमा हुर्कियून् भन्ने चाहन्थे। मासोन त्यसको भोलिपल्टै न्युसामकै प्रशिक्षणमा रहेको स्थानीय क्लब इड्ले एफसीबाट खेल्ने तयारीमा थिए। स्ट्राइकर ग्रिनउडले मैदानमा सधैं प्रभावशाली प्रदर्शन गर्दथे। उनै ग्रिनउड अहिले १८ वर्षमै युनाइटेडको सिनियर टोलीकै महत्वपूर्ण सदस्य बनिसकेका छन्। उनलाई धेरैले इङ्ल्यान्ड राष्ट्रिय टोलीको राइजिङ स्टारका रूपमा हेर्न थालिसकेका छन्।
आफ्नो डेब्यु सिजन प्रभावशाली बनाउने क्रममा ग्रिनउडले लिगमा १० गोल गरेका थिए। इङ्ल्यान्डका पूर्वकप्तान एलान सियरर ग्रिनउडसँग प्रिमियर लिगकै कीर्तिमानी गोलकर्ता बन्ने क्षमता रहेको बताउँछन्। इड्ले एफसीको यु ७ टोलीका तिनै स्ट्राइकर ग्रिनउडको सो बेलाको पेस अझै कायम रहेको न्युसाम सम्झन्छन्। लजालु र सानो कदका ग्रिनउड विपक्षी खेलाडीका लागि सधैं चुनौती बन्न सक्छन्। युनाइटेड तेस्रो स्थानमा बस्दै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट भएको थियो।
छैटाैं जन्मदिन मनाएको केही दिनपछि नै ग्रिनउडले सेल्सडेन एफसीविरुद्धको खेलसँगै इड्ले एफसीबाट डेब्यु गरेका थिए। इड्लेले सो खेल १०–१ ले जितेको थियो, जहाँ ग्रिनउडले सबै १० गोल एक्लै गरेका थिए।
छैटाैं जन्मदिन मनाएको केही दिनपछि नै ग्रिनउडले सेल्सडेन एफसीविरुद्धको खेलसँगै इड्ले एफसीबाट डेब्यु गरेका थिए। इड्लेले सो खेल १०–१ ले जितेको थियो, जहाँ ग्रिनउडले सबै १० गोल एक्लै गरेका थिए।
‘उनी एक्लैले १० गोल पूरा गरेपछि मैले उनलाई बेन्चमा बोलाउँदै उनको स्थानमा अर्को खेलाडीलाई मैदान प्रवेश गराएको थिएँ,’ न्युसाम भन्छन्, ‘उनी टचलाइनमा मेरो नजिक आउँदै सोध्ने गर्थे, ‘पाउल के म फेरि मैदान प्रवेश गर्न पाउँछु ?’ उनी खेल्न धेरै रुचाउँथे। अभ्यासको पहिलो दिनबाटै उनको बललाई सहजै नियन्त्रणमा लिने क्षमता उत्साहजनक थियो। त्यहाँ उपस्थित खेलाडीभन्दा उनी बिलकुलै भिन्न थिए।
युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायर पनि ग्रिनउडको स्कोरिङ क्षमताबाट प्रभावित छन्। सोल्सजायरले ग्रिनउडलाई आक्रामक फिनिसरको संज्ञा दिएका छन्। एकै सिजन सबैखाले प्रतियोगिता गरी १७ गोल गर्ने ग्रिनउड युनाइटेडका चौथो युवा खेलाडी हुन्। यसअघि जर्ज बेस्ट, ब्रायन किड र बायन रुनीले एकै सिजन सबै खाले प्रतियोगिता गरी १७ गोल पूरा गरेका थिए।
इड्लेले वार्षिक रूपमा आयोजन गर्ने आमन्त्रण फुटबल प्रतियोगिता, ग्रिनउडका लागि ओल्ड ट्राफोर्डको ढोका खोल्ने सुनौलो अवसर थियो। युनाटेडका स्काउटलाई प्रभाव पारेका ग्रिनउडले नौ वर्षको उमेरमा योर्कसाइनकै हालिफाक्समा रहेको क्लबको डेभलभमेन्ट सेन्टरमा सम्झौता गरेका थिए।
‘मैले पनि सो प्रतियोगितादौरान त्यहाँ ग्रिनउडको खेल हेर्न आएका युनाइटेडका प्रतिनिधिसँग पटकपटक छलफल गरेको थिएँ। म अहिले ती सबैको नाम भने सम्झिन्नँ,’ न्युसाम सम्झन्छन्, ‘उनी सात वर्षको उमेरमा युनाइटेड गएका थिए। उनले हाम्रा लागि खेल्न नपाउने भए। उनका बुबाले मलाई फोन गर्दै ग्रिनउडले हाम्रा लागि अबदेखि नखेल्ने जानकारी गराएका थिए। मैले उनी त्यहाँ गएपछि युनाइटेडसँग कुरा गरेको थिएँ। म निराश थिए,ँ तर जब कुनै खेलाडी यति ठूलो क्लबमा अभ्यासका लागि जान्छन्, तब स्थानीय क्लबबाट खेल्न अनुमति पाउँदैनन् भन्ने थाहा पाए पनि हामीले त्यसलाई स्वीकार ग¥यौं।’
ग्रिनउड छिट्टै हुर्किए। उनका पूर्वप्रशिक्षकहरूका लागि भने त्यो कुनै अचम्मको घटना थिएन। १४ वर्षको उमेरमा युनाइटेडले ग्रिनफिल्डलाई छात्रवृत्ति दियो। त्यसको दुई वर्षपछि नै उनी युनाइटेडको यु १८ प्रिमियर लिग (उत्तरी) मा शीर्ष गोलकर्ता बने र सन् २०१८ मा भएको एक प्रतियोगितामा उनी सर्वाेउत्कृष्ट खेलाडी बने। सोही वर्ष उनले ४ राष्ट्र सम्मिलित लिमोगेस प्रतियोगितामा इङ्ल्यान्डको यु १८ टोलीबाट डेब्यु गरे। सो प्रतियोगिता इङ्ल्यान्डले जित्दा उनले प्रभावशाली प्रदर्शन गरे।
सन् २०१८ को समरमा युनाइटेड सिजनपूर्वको अभ्यासमा रहँदा तत्कालीन प्रशिक्षक जोजे माउरिन्होको प्रशिक्षणमा ग्रिनउडले फोनिक्समा क्लब अमेरिकाविरुद्धको खेलसँगै युनाइटेडको सिनियर टोलीबाट डेब्यु गरेका थिए।तर सोल्सजायरको प्रशिक्षणमा थप उत्कृष्ट बनेका ग्रिनउडले कोरोना करहपछि सुचारु भएको लिगमा भने प्रभावशाली प्रदर्शन गरे। बेन्चमा बस्दै सिजनको सुरुआत गरेका ग्रिनउड सिजनको अन्त्यसम्ममा टोलीको महत्वपूर्ण सदस्य बनिसकेका थिए।
प्रकाशित: १६ भाद्र २०७७ ०२:०४ मंगलबार