coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेसी कोम्यान रणनीतिका पिल्लर

पछिल्लो केही दिनयता स्पेनिस ला लिगा क्लब बार्सिलोनामा स्ट्राइकर लियोनल मेसीको भविष्यका बारेमा अनेक टीकाटिप्पणी चल्यो । तर क्लब अध्यक्ष जोसेफ मारिया बार्टमेउले भने मेसी क्लबका प्ले मेकर भएकाले उनी कतै नजाने स्पष्ट पारेका छन् ।  

बार्सिलोनाले बुधबार क्लबका पूर्ण खेलाडीसमेत रहेका रोनाल्डो कोम्यानलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो । बार्सिलोनाले सोमबार क्विके सेटियनलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जापूर्ण हार बेहोरेको तीन दिनपछि सोमबार बार्सिलोनाले सेटियनलाई पदबाट बर्खास्त गरेको थियो । गत जनवरीमा जिम्मेवारी समालेका सेटियनले ला लिगाको उपाधिसमेत जिताउन सकेका थिएनन् । साथै उनको प्रशिक्षणमा बार्सिलोनाले च्याम्पियन्स लिगमा समेत बायर्नसँग अपमानजनक हार बेहोरेको थियो ।  

अबको केही महिना कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले कस्तो प्रदर्शन गर्छ, त्यसले क्लबको नयाँ रणनीतिसमेत प्रस्ट पार्नेछ । बार्टमेउले मेसी अझै पनि क्लबका प्रमुख खेलाडी रहेको समेत बताए ।

‘मेसीले धेरै पटक बार्सिलोनाबाटै व्यावसायिक खेलजीवनको अन्त्य गर्ने चाहना रहेको बताउँदै आएका छन् । कोम्यानले पनि मेसी उनको योजनाका पिल्लर भएको बताइसकेका छन् ।’

‘मेसीले धेरै पटक बार्सिलोनाबाटै व्यावसायिक खेलजीवनको अन्त्य गर्र्ने चाहना रहेको बताउँदै आएका छन् । कोम्यानले पनि मेसी उनको योजनाका पिल्लर भएको बताइसकेका छन्,’ बार्टमेउले भने,‘मेसी र क्लबबीचको सम्झौता सन् २०२१ सम्म बाँकी छ । म मेसी र उनको बुबासँग निरन्तर सम्पर्कमै हुन्छु । लिस्बनमा भोगेको लज्जास्पद हारपछि पनि मलाई कुनै दुबिधा छैन । हामी नयाँ योजनाका लागि उत्साही छांै । मेसी अझै पनि विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उनी हामीसँगै छन् ।

‘मैले यसबारे मेसीसँग कुरा गरेको त छैन तर मैले उनको बुबासँग भने कुरा गरेको थिएँ,’ बार्टमेउले थपे, ‘हामी आशावादी हुन जरुरी छ र हामीले त्यहीअनुरूपको रणनीति अपनाउन आवश्यक छ । कडा मिहिनेत र सन्तुलित टोली हुनाले पनि हामी उत्साही छौं । एक सिजन सकिएर अर्को सिजन सुरुआत हुँदै छ । यो नियमित प्रक्रिया हो, तर मेसी आफैंमा एक युग हुन् ।

साथै बार्टमेउले अंशु फातीलाई क्लबले बेच्ने कुनै योजना नभएको पनि बताए । १७ वर्षे फाती डिसेम्बरमा इन्टर मिलानविरुद्ध २–१ ले जित हात पारेको खेलमा गोल गर्र्दै च्याम्पियन्स लिग इतिहासमा गोल गर्दै सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । ‘हामीसँग फातीका लागि धेरै प्रस्ताव आइरहेका छन् तर हामी उनलाई अन्यत्र पठाउन चाहादैनौं । हामी उनी यहीं हुर्किएको हेर्न चाहन्छौं,’ उनले भने ।

प्रकाशित: ४ भाद्र २०७७ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App