२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भिल्लारियालमा इमिरे

प्रिमियर लिगको क्लब आर्सनलका पूर्वप्रशिक्षक युनेई इमिरेलाई स्पेनिस ला लिगाको क्लब भिल्लारियालले बिहीबार नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।  

हावियर काइएहालाई भिल्लारियालले बर्खास्त गरेपछि यसअघि सेभियामा पनि प्रशिक्षणको अनुभव बटुलेका इमिरेलाई नियुक्त गरेको हो। ४८ वर्षीय इमिरेलाई अघिल्लो नोभेम्बरमा आर्सनलले बर्खास्त गरेको थियो। १९९२ पछि पहिलोपटक लगातारका ६ खेलमा जित निकाल्न नसक्दा गत नोभेम्बरमा बिदाइ गरेको थियो। २०१४ देखि २०१६ सम्म लगातार सेभियाले युरोपा लिगको उपाधि उचाल्दा उनी प्रशिक्षक थिए। यस्तै उनको प्रशिक्षणमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मनले फ्रान्सका प्रतिष्ठित प्रतियोगिताका पाँच उपाधि उचालेको थियो।  

‘आगामी तीन वर्षका लागि युनेईसँग क्लबले सम्झौता गरेको छ,’ भिल्लारियालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। अघिल्लो साता सम्पन्न स्पेनिस ला लिगामा भिल्लारियालले पाँचांै स्थानमा रहँदै लिगको समापन गरेको छ। ३८ खेलबाट ६० अंक बटुलेको भिल्लारियालभन्दा माथि सेभिया १० अंकले अगाडि रहेको छ। यसअघि उनको प्रशिक्षणमा रहेको आर्सनल अघिल्लो सिजनको  युरोपा लिगको फाइनलमा चेल्सीसँग पराजित भएको थियो।  

प्रकाशित: ९ श्रावण २०७७ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App