१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बक्सिङ संघको आपत्ति

नेपाल बक्सिङ संघले आफ्नो पूर्वनिर्णयका साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नियमावली २०७७ विपरीत संघको नामबाट झूटा प्रतिनिधि बनेर जिल्ला संघ गठन भएकोे खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले सोमबार एक विज्ञप्ति जारी गर्दै संघको स्वीकृतिबिना जिल्ला संघ गठन भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो।

‘विश्वभर महामरीको रूप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल पनि ठप्प भएको सर्वविदितै छ। राखेपले कोरोना भाइरसको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि देशभर कुनै पनि खेलकुद गतिविधिलगायत  कुनै पनि कार्यक्रम नगर्नू नगराउनू भन्दै मिति २०७६ फागुन २८ मा परिपत्र भएकाले सोहीअनुसार नेपाल बक्सिङ संघले मातहतका जिल्ला, प्रदेशको गठन एवं अधिवेशन कार्यक्रम  नगर्न, नगराउन सम्बन्धित सबै जिल्ला प्रदेश बक्सिङ संघलाई जानकारी गराइएको थियो,’ अवालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको अवधिमा राखेप र बक्सिङ संघको अनुमतिबिना गठन गरिएका जिल्ला, प्रदेश संघहरूलाई केन्द्रीय बक्सिङ संघको मान्यता नहुने सबैमा जानकारी गराउँछाैं।’

प्रकाशित: ६ श्रावण २०७७ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App