coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सेभियाको च्याम्पियन्स लिग सम्भावना बलियो

रेलिगेसन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको मालोर्कामाथि आइतबार स्पेसिन ला लिगामा २–० को सहज जित निकालेको सेभियाले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।  

सेभियाको घरेलु मैदानमा लुकास ओकाम्पसले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता दिलाएका थिए। अलेजान्द्रो पोजोले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेको भन्दै सेभियाका खेलाडीले अपिल गरेपछि रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) बाट पेनाल्टीको निर्णय दिएका थिए।  दोस्रो हाफमा युसेफ इन–न्यस्रीले निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा टोलीका लागि दोस्रो गोल गर्दा  सेभियाको जित निश्चित भएको थियो।  

जितसँगै सेभियाले एक स्थानमुनिको भिल्लारियालसँग अंकदूरी ९ पु-याएको छ। सेभिया ६६ अंकका साथ तालिकाको चौथो स्थानमा अटाएको छ। दुई खेल बाँकी रहेको सेभियाले आगामी खेलमा बराबरी नतिजा हात पारे मात्र पनि च्याम्पियन्स लिगका लागि छनोट हुनेछ।

‘च्याम्पियन्स लिगमा छनोट हुनु हाम्रो पहिलो लक्ष्य हो,’ सेभियाका फर्नान्डो रेगिसले भने, ‘च्याम्पियन्स लिग योग्यताको नजिक पुगेका छौं। अब हामीले सबै खेल बराबरी खेले पनि लक्ष्य पूरा हुन्छ।’

जारी सिजन सेभियाले शीर्ष चारको स्थानलाई कायमै राखे क्लब र प्रशिक्षक युलियन लोप्तेगीलाई महत्वपूर्ण सफलता प्राप्त हुनेछ। सेभियाले पछिल्ला १३ खेलमा पराजय भोगेको छैन। दुई खेलमा रहेको अवस्थामा सेभियाले अंक गुमाए शीर्ष तीनमा अटाउँदै लिगको समापन गर्नेछ।  

सेभियासँग आइतबार पराजित मालोर्का रेलिगेसन क्षेत्रमा रहेकाले बच्नका लागि संघर्ष गरिरहेको छ। यसै सिजन मात्र बढुवा भएको मालोर्का रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको आल्भेसभन्दा मात्र ३ अंकले पछाडि  छ।  

‘जित निकाल्दा अवश्य हामी पनि ला लिगामा प्रतिस्पर्धा गर्न योग्य छौं भन्ने सन्देश जान्थ्यो। तर हामी त्यसमा असफल भयौं, यद्यपि हाम्रो प्रयास भने निरन्तर जारी छ,’ मालोर्काका रक्षक एन्टोनियो राइलोले भने।  

लेगानेसले नवौं स्थानको भ्यालेन्सियालाई १–० ले स्तब्ध बनाउँदै रेलिगेसन क्षेत्रबाट बच्ने अंक प्राप्त गरेको छ। तर पनि लेगानेस आल्भेसभन्दा तीन अंकले पछाडि रेलिगेसन क्षेत्रमा नै छ।  

५४औं मिनेटमा १० खेलाडीमा सीमित मालोर्काले भ्यालेन्सियालाई स्तब्ध बनाउँदा रुबेन परेजाले १८औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। ६०औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी अवसर पाए पनि ड्यानियल परेजाले सदुपयोग गर्न नसक्दा अंक सुम्पिएको हो। लिगअन्तर्गत आइतबारकै अर्को खेलमा एट्लेटिको बिलबाओले घरेलु टोली लेभान्टेमाथि २–१ को जित निकाल्दै तालिकामा महत्वपूर्ण तीन अंक थप्न सफल भयो। 

प्रकाशित: ३० असार २०७७ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App