७ वैशाख २०८१ शुक्रबार
खेल

रियाल अंकदूरी बढाउँदै

करिम बेन्जेमा

करिम बेन्जेमाको उत्कृष्ट खेलको मद्दतमा आइतबार रियाल मड्रिडले तालिकाको पुछारमा रहेको स्पानियोलविरुद्ध १–० को जित निकाल्दै बार्सिलोनासँगको अंकदूरी बढाएको छ।  

यसअघि शीर्ष स्थानमा रहेको बार्सिलोनाले सेल्टा भिगोसँग २–२ को बराबरीमा रोकिँदै रियालसँग एक अंकको अग्रता बनाएको थियो। तर आइतबार रियालले जित निकाली बार्सिलोनालाई २ अंकले पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। लिग सकिन ६ चरणका खेल बाँकी रहेको अवस्थामा रियालले उपाधिहोडलाई मजबुत पनि बनाएको छ।

सुखद नतिजा निकाल्ने क्रममा बेन्जेमाले प्रहार गरेको भली सटलाई कासेमिरोले आकर्षक गोल गर्दै टोलीको जितलाई सुनिश्चित गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा गरेको उक्त गोल नै निर्णायक बनेको थियो। जितसँगै रियाल उपाधिनजिक पुग्न लागेको हो।

‘निकै महत्वपूर्ण जित निकाल्न सफल भयौं,’ रियाललाई तीन अंक दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेका बेन्जेमाले भने, ‘पछ्याइरहेको बार्सिलोनाको वास्ता गर्नु हुन्न भन्ने होइन। हामीले हाम्रो स्वाभाविक खेल देखाउँदै उपाधिको लक्ष्य राख्ने हो। अझै धेरै र महत्वपूर्ण खेल बाँकी छन्।’

उता रियालका प्रशिक्षक जिनेदिन जिदानले इडेन हाजार्डको चोट टोलीका लागि चिन्ताको विषय भएको प्रतिक्रिया दिए। ‘देख्दा उनलाई गम्भीर चोट देखिएको थियो। तर मलाई सामान्यजस्तै लागेको छ,’ प्रशिक्षक जिदानले भने।  

रियालले जित निकाली आइतबार बार्सिलोनालाई २ अंकले पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। लिग सकिन ६ चरणका खेल बाँकी रहेको अवस्थामा रियालले उपाधिहोडलाई मजबुत बनाएको छ।

यसै सिजन मात्र चौथो प्रशिक्षक पाएको स्पानियोलले आइतबार अन्य लिगको तुलनामा राम्रो खेल प्रदर्शन ग¥यो। पराजित हुनाका बावजुद पनि नवनियुक्त प्रशिक्षक फ्रान्सिस्को रुफेटेको टोलीले आगामी खेलमा सुखद नतिजा निकाल्दै रेलिगेसन क्षेत्रबाट जोगिने अपेक्षा लिइएको छ। यसअघि नै रुफेटेले क्लबको स्पोर्टिङ डाइरेक्टर पद सम्हालिसकेका थिए। सिजनको चौथो प्रशिक्षकका रूपमा रुफेटे आबेलार्दो फर्नान्डेजको स्थानमा स्पानियोलमा नियुक्त भएका हुन्। फर्नान्डेजलाई क्लबले शनिबार बर्खास्त गरेको हो।  

आइतबार पराजित भएको स्पानियोल रेलिगेसन क्षेत्रभन्दा माथि रहेको सेल्टा भिगोभन्दा ९ अंकले मात्र पछि छ। लिगमा अझै ६ खेल बाँकी नै छन्। महामारीका कारण स्थगित भएपछि सुचारु भएको लिगमा रियालले पाँचमध्ये सबै खेलमा जित निकालेको छ।  

‘करिमलाई गोलको श्रेय दिन चाहन्छु,’ निर्णायक गोल गरेका कासेमिरोले भने, ‘बयान गर्न नसकिने पास उपलब्ध गराएका थिए। करिम उत्कृष्ट खेलाडी हुन् भन्ने कुरामा कुनै दुबिधा रहेन।’

ला लिगाअन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा एइबरले ग्रानाडाको मैदानमा २–१ को जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्दा तालिकाको पाँचाैं स्थानमा रहेको भिल्लारियालले आठौं स्थानको भ्यालेन्सियाविरुद्ध २–० को जित निकाल्यो। लेभान्टेले घरेलु मैदानमा रियाल बेटिसलाई ४–२ को अन्तरले स्तब्ध बनायो।

प्रकाशित: १६ असार २०७७ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App