५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

ओलम्पिक दिवसका अवसरमा रुद्राक्षको बोट रोपियो

ओलम्पिक दिवसका अवसरमा नेपाल आलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्षको बोट रोपेको छ । ओलम्पिक कमिटिको कार्यालय सातदोबाटोमा रुद्राक्ष रोपेर कमिटिले दिवस मनाएको हो । विगतमा ओलम्पिक दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना हुँदै आएपनि यो वर्ष कोरोना महामारीका कारण कुनै कार्यक्रम आयोजना गर्न नपाइएको कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

कोरोनाका कारण विश्वभरी नै ओलम्पिकका कार्यक्रमहरू खुम्चिएको उल्लेख गर्दै उनले नेपाल ओलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्ष रोपेको र जुम मार्फत अन्तरकृया कार्यक्रम गरिएको बताए ।

सन् १८९४ मा आजकै दिन पेरिसको सोनबोनमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आएपनि यो वर्ष कुनै ठूला कार्यक्रम आयोजना भएनन् । कोरोनाका कारण विश्वभरीका खेलाडीहरूले आफैं घरमा बसेर अनलाइन वर्क आउट गरेर दिवस मनाएका छन् ।

प्रकाशित: ९ असार २०७७ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App