८ वैशाख २०८१ शनिबार
खेल

रियालको सुखद सुरुआत

मार्सेलोले घुँडा टेकेर गोलको उत्सव मनाएको खेलमा रियाल मड्रिडले आइतबार एइबरमाथि ३–१ को जित निकाल्दै कोरोना भाइरस महामारीका कारण तीन महिनापछिको पुनरागमनमा सुखद सुरुआत गरेको छ ।

पहिलो हाफम नै तीन गोल गरेको रियालले तीन महिनापछि ला लिगामा भएको पुनरागमन सुखद बनाउँदै एइबरमाथि सहज जित दर्ता गरेको हो ।  ३७औं मिनेटमा रियाललाई तेस्रो गोल सुनिश्चित गराएपछि मार्सेलोले घुँडा टेकेर काला मानिसमाथि भएको विभेदप्रति विरोध जनाएका थिए ।  रियालको जितमा महत्वपूर्ण भूमिका खेलेका इडेन हाजार्ड र सर्जियो रामोस दुवै दोस्रो हाफको सुरुआतमै मैदानबाट फर्किए । मैदानबाट बाहिरिएलगत्तै उनीहरूले आइस प्याकेटले दुखाइ कम गरिरहेको देखिएको थियो । हाजार्ड गत फेब्रुअरीदेखि पहिलो पटक मैदानमा देखिएका हुन् ।

हाजार्डले पनि दायाँ खुट्टामा आइसका प्याकेटले सेकाइरहेका थिए, जहाँ यसअघि नै उनले चोट बोकेका थिए । गत नोभेम्बरमा चोट र फेब्रुअरीमा चोट बोकेका हाजार्डले मार्चमा दायाँ एन्कलको सर्जरी गराएका थिए । ‘हामीलाई थाहा छ, हाजार्डलाई लयमा फर्किन केही समय लाग्छ,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘उनले एक घण्टासम्म राम्रोसँग खेले । केही अप्ठ्यारो भयो कि भनेर हाफ टाइममा सोधे पनि उनले ठीक भएको जबाफ फर्काएका थिए । आफ्नो प्रदर्शनप्रति उनी खुसी देखिएका थिए र हामी पनि खुसी छौं ।’ यो जितसँगै रियालले शीर्ष टोली बार्सिलोनासँगको दूरी दुई अंकले छोट्याएको छ । बार्सिलोनाले पनि शनिबार मालोर्कासँग ४–० को जित निकालेको थियो ।

रियालले खेलको चौथो मिनेटमै अग्रता लिएको थियो । काउन्टर अट्याकमा हाजार्डले रामोसलाई दिएको पासलाई आफ्नो नियन्त्रण लिँदै टोनी क्रुसले अग्रता दिलाए । एइबरले दोस्रो हाफमा पेड्रो बिगासको गोलबाट खेलमा फर्किने प्रयास गरे पनि रियालको दबाबलाई पार गर्न सकेन । हाजार्डले मैदान छाड्नुअघि रियालको तीनै गोलमा केही भूमिका रह्यो । उनले तीव्र गतिमा दिएको पासलाई क्रुसले सदुपयोग गरेका थिए । उनले स्पेनमा महामारीपश्चात् सुखद यात्रा सुरु गरेका छन् । उनी चोटबाट पूर्ण रूपमा मुक्त हुन सके रियाललाई थप फाइदा पुग्नेछ । गेराथले बेलले बेन्चबाट खेलमा सुरुआत गरेका थिए, उनले बिहीबार भ्यालेन्सियासँग सुरुआती टोलीमा अवसर पाउने सम्भावना छ ।

रियालको जितमा महत्वपूर्ण भूमिका खेलेका इडेन हाजार्ड र सर्जियो रामोस दुवै दोस्रो हाफको सुरुआतमै मैदानबाट फर्किए । मैदानबाट बाहिरिएलगत्तै उनीहरूले आइस प्याकेटले दुखाइ कम गरिरहेको देखिएको थियो ।

यता, रियालका प्रशिक्षकले नयाँ मैदानमा पनि सुखद सुरुआत गराए । ला लिगामा सय फरक मैदानमा खेल सञ्चालन हुँदै छ । सान्टियागो बर्नाबेउमा पुनर्निर्माण चलिरहेकाले रियालले यस सिजन आफ्ना बाँकी होम म्याच अलफ्रेडो डी स्टेफानो स्टेडियममा खेल्नेछ । रियालले एइबरविरुद्धको दोस्रो गोल ३०औं मिनेटमा गरेको थियो । कप्तान रामोसले इडेन हाजार्डको पासमा गोल गरेका थिए । रामोस आफैंले एइबरका खेलाडीबाट खोसेको बललाई बेन्जेमालाई खेलाउँदै काउन्टर अट्याकमार्फत अगाडि बढाएका थिए । बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र हाजार्डलाई दिएको पासमा हाजार्डले आफूले प्रहार नगरी खाली पोस्टअगाडि रहेका रामोसलाई पास दिएका थिए ।

३७औं मिनेटमा मार्सेलोको गोलसँगै मड्रिडले ३–० को अग्रता बनायो । हाजार्डको प्रहारलाई गोलरक्षक डिमिट्रोभिचले विफल पारे पनि फर्केर आएको बललाई डिफेन्सले क्लियर गर्न नसक्दा मार्सेलोले शक्तिशाली प्रहारलाई गोलमा परिणत गराएका थिए । दोस्रो हाफमा एइबरले सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कने संकेत देखाए पनि सफलता पाउन सकेन । यसअघि एट्लेटिको मड्रिडले एट्लेटिको बिल्बाओसँग १–१ को बराबरी खेलेपछि ला लिगाको शीर्ष चारमा उक्लिने अवसर गुमाएको थियो । डिएगो कोस्टाले गत अक्टोबरपश्चात् एट्लेटिको मड्रिडका लागि गोल गरे पनि टोलीले जित निकाल्न सकेन ।

प्रकाशित: ३ असार २०७७ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App