३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ओलम्पिकका ८० प्रतिशत सुविधा तयार

टोकियो ओलम्पिक आयोजक कमिटीले एक वर्ष पछाडि धकेलिएको टोकियो ओलम्पिक आयोजनाका लागि ८० प्रतिशत सुविधा उपभोग गर्न तयार रहेको बताएको छ ।

टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले शुक्रबार टोकियो ओलम्पिकका लागि ८० प्रतिशत सुविधा तयार रहेको बताएका हुन् । यद्यपि, ओलम्पिक आयोजना हुने दुई ठूला भेन्यु अझै सुरक्षित हुन सकेका छैनन् । ‘आगामी वर्षका लागि हामीले ८० प्रतिशत जति सुविधाहरू प्रयोग गर्न स्वीकृति पाइसकेका छौं,’ मोरीले टोकियो ओलम्पिक आयोजक कमिटीको कार्यकारी बोर्डको बैठकमा भने,‘यद्यपि, केही भेन्यु अर्को वर्ष अन्य उपयोगकर्ताले रिजर्भ गरिसकेका छन् ।’

आयोजकले अझै पनि ५ हजार खेलाडीका लागि भिलेज र टोकियोको कन्भेन्स सेन्टरमा प्रेसको मुख्य केन्द्र निर्माणका लागि काम भइरहेको छ । यद्यपि, टोकियो ओलम्पिक आयोजकले ती पनि छिटो निर्माण हुनेमा आशावादी रहेको बताएको छ ।  ओलम्पिक गेम्स अपरेसनका डाइरेक्टर पिएरे डुक्रेले एथ्लिट्स भिलेज नै प्रमुख समस्या रहेको बताए । यसअघि आयोजकले आगामी वर्ष हुने ओलम्पिक सहज बनाउनका लागि प्रयास भइरहेको बताउँदै आएको छ । कोरोना भाइरसका कारण ढिला आयोजना हुने ओलम्पिकमा जतिसक्दो खर्च कम गर्ने जापानको प्रयास रहँदै आएको छ ।

तर, शुक्रबार अध्यक्ष मोरी या सिइओ तोसिरो मुतोले ढिलाइका कारण कति खर्च हुने र कसले बेहोर्ने भन्नेबारे विवरण पेस गरेनन् । मुतोले खर्च कम गर्न २ सय लक्ष्य राखिएको बताएका छन् । ओलम्पिक सारिँदा जापानले करिब २ बिलियनदेखि ६ बिलियन डलर घाटा बेहोर्ने अनुमान गरिँदै आएको छ, जुन घाटा जापानका करदाताले बेहोर्नेछन् ।

ओलम्पिक सारिँदा जापानले करिब २ देखि ६ बिलियन डलर घाटा बेहोर्ने अनुमान गरिँदै आएको छ, जुन घाटा जापानका करदाताले बेहोर्नेछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले  ६ सय ५० डलर सहयोग गर्ने घोषणा गरे पनि कुन क्षेत्रमा त्यसको प्रयोग हुनेबारे उल्लेख गरेको छैन । नयाँ मिति तय भएको ओलम्पिकमा दर्शकलाई अनुमति हुन्छ कि हुँदैन, उनीहरूको टिकटमार्पmतको पैसा रिफन्ड हुन्छ हुन्छ कि हुँदैन, कोरोनाविरुद्धको भ्याक्सिन तयार हुनेछ र १५ हजार चार सय बराबरको ओलम्पिक र पारालम्पिकका खेलाडीले क्वारेन्टिनको सामना गर्नुपर्छ पर्दैन भन्ने मुख्य प्रश्नहरू छन् । आयोजकले भने ओलम्पिकको रूपरेखाबारे आयोजना मितिभन्दा केही महिनाअगाडि मात्र थाहा हुने बताएको छ ।

नयाँ मितिअनुसार आगामी वर्षको जुलाई २३ मा टोकियो ओलम्पिक तय गरिएको छ ।  ‘ओलम्पिकमा अभैm अनिश्चितता छ र कोरोनाका कारणले आगामी वर्ष कस्तो अवस्था सिर्जना हुन्छ भन्ने अवलोकन मुख्य पक्ष हो,’ मोरीले भने, ‘अहिले नै त्यसबारे कुनै पनि किसिमका अनुमान गर्नु हतार हुन्छ ।’  

‘आर्थिक, सामाजिक र स्वास्थ्यको हिसाबले राम्रो तरिकाले अघि बढ्नु हाम्रो लक्ष्य हो । हामी जतिसक्दो सहज बनाउने प्रयासमा छौं,’ मोरीले भने, ‘तर आगामी वर्ष स्थिति कस्तो रहन्छ मुख्य विषय हो । तर, अहिलेदेखि हामीले तयारी भने गर्नुपर्छ ।’ मोरीले खेलाडीले धेरै सुविधा कटौती नहुने विश्वास व्यक्त गरेका छन् । उनले स्पोन्सरलाई मुख्य प्राथमिकता दिइरहेको बताउँदै यस वर्षको अन्त्यमा उनीहरूसँगको सम्झौता अवधि सकिने उल्लेख गरे । तीमध्ये आधीभन्दा बढीले सम्झौतालाई निरन्तरता दिनेबारे निर्णय गरेका छैनन् ।

टोकियोको ३.३ बिलियन डलरबराबरको स्थानीय स्पोन्सरबाट आम्दानी छ । मोरीले विश्वभरको पैmलिएको महामारीबारे स्पोन्सर पनि विश्वस्त हुन सक्ने बताए । मोरीले जसरी हुन्छ सन् २०२१ मा टोकियो ओलम्पिक आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले ओलम्पिकजस्तो विशेष आयोजना सम्पन्न गर्न आयोजक कमिटी र जापान समर्पित रहेको उल्लेख गर्दै स्पोन्सरलाई जसरी हुन्छ विश्वस्त बनाउने बताए ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App