१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

समर्थकलाई धैर्य राख्न आग्रह

मर्सिसाइड डर्बी

इङ्लिस प्रिमियर लिग पुनः सुचारु भएपछि लिभरपुलले होम गेम घरेलु मैदान एन्फिल्डमै खेल्ने भएको छ भने लिभरपुल र एभर्टनबीचको मर्सिसाइड डर्बी भने एभर्टनको घरेलु मैदान गुडसन पार्कमा हुने पक्का भएको छ ।

२१ जुनमा हुने खेलमा एभर्टनविरुद्ध सुखद नतिजा ल्याएमा लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि भिœयाउने सम्भावना छ । लिभरपुलले अहिले दोस्रो स्थानको म्याचेस्टर सिटीमाथि २५ अंकको अग्रता लिएको छ । डर्बीका दौरान रंगशालाबाहिर दुवै टोलीका समर्थकको भीडभाड हुने भएकाले यही खेललाई कोरोना भाइरस संक्रमणको जोखिमका रूपमा लिइएको छ । साउथह्याम्पटनको सेन्ट मेरीलाई न्युट्रल भेन्युको रूपमा पनि लिइएको छ ।

तर लिभरपुलका ग्रान्ड सेफ्टी एड्भाइजर ग्रुपले एभर्टन र लिभरपुल दुवै टोलीले स्वास्थ्य र सुरक्षित उपाय अपनाएर बन्द रंगशालामा खेल खेलाउन सक्ने सुझाव दिएको छ ।

जुन १७ मा हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई नतिजा सुम्पिएमा र लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टनमाथि ३ अंक बटुलेमा टोलीले ३० वर्षपछि प्रिमियर लिगको उपाधि भित्र्याउनेछ ।

‘हामीलाई विश्वास छ, दुवै टोलीका समर्थकले सरकारले दिएको सामाजिक दूरीको निर्देशन र स्वास्थ्य निर्देशिकाको पालना गर्नेछन्,’ लिभरपुल र एभर्टनको मैदानको सुरक्षाको जिम्मा पाएको ब्लु युनियन र स्पिरिट अफ सान्कलेले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन घोषणा भएको छ । सबै समर्थकले यसको राम्रोसँग पालना गर्नेमा पनि हामी आशावादी छौं । आशा छ उनीहरू मैदानबाहिर जम्मा भएर संक्रमणको जोखिम मोल्नुभन्दा पनि घरमै सुरक्षित रूपमा बसेर आफ्नो टोलीको सफलताको खुसीयाली मनाउनेछन् ।’

जुन १७ मा हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई नतिजा सुम्पिएमा र लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टनमाथि ३ अंक बटुलेमा टोलीले ३० वर्षपछि प्रिमियर लिगको उपाधि भित्र्याउनेछ । कोरोना भाइरसको महामारीका कारण मार्च यता यस सिजनका खेलहरू रोकिएका छन् ।

प्रकाशित: २९ जेष्ठ २०७७ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App