१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

महिला विश्वकप २०२३, ब्राजिल दाबीबाट पछि हट्यो

ब्राजिल सन् २०२३ को महिला विश्वकप फुटबल आयोजना दाबीबाट पछि हटेको छ। ब्राजिलियन फुटबल संघ (सिबिएफ) ले कोरोना भाइरसको महामारी कारण देखाउँदै सकारले आर्थिक सहयोगको ग्यारेन्टी नगरेकाले विश्वकप आयोजना दाबीबाट पछि हटेको बताएको छ।

ब्राजिलसँगै सन् २०२३ को महिला विश्वकप फुटबलका लागि कोलम्बिया र जापान तथा अस्टे«लिया र न्युजिल्यान्डले संयुक्त रूपमा दाबी प्रस्तुत गरेका थिए। आयोजना दाबीबाट पछि हटेसँगै ब्राजिलले कोलम्बियालाई सहयोग गर्ने बताएको छ। सन् २०२३ को महिला विश्वकप फुटबल आयोजकको टुङ्गो लगाउन जुन २५ मा मतदान हुने फिफाले जनाएको छ।

‘कोरोना भाइरसको महामारीका कारण देखिएको आर्थिक संकटका कारण हामी प्रतियोगिता आयोजनाको दाबीबाट पछि हटेका हौं,’ सिबिएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘फिफाले सरकारको तर्फबाट आर्थिक ग्यारेन्टी माग गरे पनि सरकारी पक्षबाट कुनै सकारात्मक जबाफ आएन।’

ब्राजिलले पछिल्ला केही वर्षमा सन् २०१४ को विश्वकप फुटबल (पुरुष), रियो ओलम्पिक र पारा ओलम्पिक २०१६ का साथै कोपा अमेरिकाको आयोजना गरिसकेको छ। ब्राजिलमा हालसम्म कोरोना भाइरसका कारण ३५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ६ लाख ४० हजार मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित: २८ जेष्ठ २०७७ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App