३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘ओलम्पिक सर्दा रोएँ’

ब्रिटिस रेस वाल्कर टम बोसओर्थले टोकियो ओलम्पिक २०२० सरेको खबर सुन्दा आफू रोएको खुलासा गरेका छन् ।

यसै वर्षको सुरुआतमा ब्रिटेनमा ५ हजार मिटर र १० हजार मिटरमा कीर्तिमान कायम गरेका ३० वर्षे बोसओर्थले टोकियो ओलम्पिकमा पनि सोही सफलता दोहोर्याउने अनुमान गरिएको थियो । उनले कोरोना भाइरसको महामारीका कारण लकडाउन सुरु हुनु केही दिनअघि मात्र सो सफलता हात पारेका थिए ।

‘हामीले विन्टरमा राम्रो अभ्यास गरेका थियौं,’ उनले भने, ‘जुन लक्ष्यका साथ मिहिनेत गरेका थियाैं, त्यो प्रतियोगिता सर्दा हामी निराश भयाैं । हामीले  सफलता हात पार्नका लाथि थप पर्खनुपर्ने भएको छ ।’

२०१८ को कमनवेल्थ गेम्समा २० किलोमिटर रेसमा रजत पदक जितेका बोसओर्थले लिड्समा अभ्यास गरिरहेका थिए । बोसओर्थले सन् २०१६ को रियो ओलम्पिकमा पनि प्रतिस्पर्धा गरेका थिए । जहाँ उनले २० किलोमिटर रेसमा छैटाैं स्थान हात पारेका थिए । टोकियो ओलम्पिक उनका लागि दोस्रो ओलम्पिक सहभागिता हुने थियो ।

‘म दैनिक अभ्यास गरिरहेको छु । अभ्यास पनि राम्रो भैरहेको छ । तर ओलम्पिक सर्दा भने म स्तब्ध भएँ,’ उनले भने, ‘म दैनिक अभ्यासका लागि जाँदै थिएँ । त्यहा मैले ओलम्पिक एक वर्षका लागि सरेको सुनें । त्यो खबर सुनेर निकै समय रोएँ र तुरन्त घर फर्किएँ । कोठामा ढोका बन्द गरेर धेरै समय मौन बसें । मलाई लाग्यो मेरो मिहिनेत खेर जाने भयो । तर मेरा प्रशिक्षक र परिवारले मलाई हौसला दिए । प्रतियोगिता सरेको हो रद्द भएको होइन । त्यसैले मैले अभ्यासका लागि थप समय पाएको छु । यसको भरपूर सदुपयोग गर्दै म थप मिहिनेत गर्छु । आशा छ म मेरो लक्ष्यमा अवश्य पुग्नेछु ।’

प्रकाशित: २५ जेष्ठ २०७७ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App